एमाले सांसदको अवरोधपछि संसद बैठक स्थगित, पुनः चालु

एमाले सांसदको अवरोधपछि संसद बैठक स्थगित, पुनः चालु

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको लगातारको अवरोधपछि आज बसेको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । तर, सभामुखले पुनः सुचारु गर्नुभएको छ ।

नेकपा एमालेका सांसदहरुले आज वैठक सुरु भएलगत्तै बेलमा गएर नाराबाजी गरेका थिए । सो क्रममा उनीहरुले ’वाक स्वतन्त्रता कायम गर !’, संसदीय सर्वोच्चता कायम गर !’, जस्ता नारा लगाएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरोध नगर्न गरेको पटक–पटकको आग्रह एमाले सांसदले अस्वीकार गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको हो । एमालेको अवरोधका कारण बुधबारको बैठक पनि स्थगित भएको थियो ।

संसद बैठकको आजको कार्यसूचीमा लोकसेवा आयोगसम्बन्धी विद्येयक २०७५ को प्रतिवेदन र अध्यागमन विधेयक २०७६ सम्बन्धी प्रतिवेदनहरु विधायन व्यवस्थापन समितिका तर्फबाट सभापति परशुराम मेघी गुरुङले पेश गर्ने र गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ पेश गर्न कार्य कार्यक्रम रहेको छ ।

टिप्पणीहरू