चियाको कपमा पोखिएको चिन्ता « Jana Aastha News Online
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022
Logo
१० असार २०७९, शुक्रबार
|  Fri Jun 24 2022

चियाको कपमा पोखिएको चिन्ता

प्रकाशित मिति :  ८ श्रावण २०७४, आईतवार १९:१२


  • संकेत कोइराला

‘म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाबारे व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने पक्का छ । घटनालाई बंग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । मैले लिएको अडान र दृष्टिकोणलाई गौण बनाइनेछ । कांग्रेसमा मैले सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । २००७ सालको क्रान्ति हिन्दुस्तानबाट सञ्चालन ग¥यौं, तर हामीलाई हिन्दुस्तानले चलाउन खोजेको कुराको मैले सधैंभरि र सबभन्दा विरोध गरेको छु । राजासँग मेलमिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा कहिल्यै समर्पण गरिनँ । यी अडानबारे व्यापक भ्रम सिर्जना हुने सम्भावना मैले देखेको छु । जुन दिन कांग्रेस प्रजातन्त्रका आदर्श छाडेर केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’

बिपी जयन्तीको नाममा कांग्रेसीजनहरू उनको फोटोमा लुकामारी खेल्न व्यस्त छन् । उनीहरूका लागि यो कर्म दिन कटाउने र मानो पचाउने रमाइलो मेसो बनेको छ । राजनीतिको खोल ओढेका बुँख्याचाहरूले बिपी विचार पैतालामा कुल्चिएर उनको फोटोलाई माष्टर कार्ड बनाएका छन् । बिपीको सपना साकार हुँदो हो त यतिबेला यो देशबाट दैनिक १५ सय युवा खाडी भासिने थिएनन् । तिनैले हाड घोटेर पठाएको पैसा चन्दन मानेर रेमिट्यान्सको पूmर्ति लगाउनेहरूले देशको अर्थशास्त्रलाई नर्कशास्त्रमा पु¥याएका छन् । दिनको डेढ अरब आम्दानीको लेखो लाएर बसेका तिनीहरूलाई सरकारको बजेटकै हाराहारीमा भारतसँगको व्यापार घाटाले अलिकति पनि पोल्दैन । यताबाट एउटा सामान पठाउँदा उताबाट आठ गुना सामान ल्याउनुपरेको उल्टो अर्थशास्त्र कसैलाई बिझ्दैन । त्यही कोदोको ढिंडो र खोलेफाँडोबाट छलिन शहर पसेका र कथित भूजा ज्यूनारमा अनुवाद भएकाहरूलाई थाहा हुनुपर्ने हो– अब कोदो, फापर र मस्याङजस्ता कुअन्नको आपूर्ति पनि दक्षिणी छिमेकीबाट हुन थालेको छ । सन्कीमा चलेका खाडी देशले कुनै दिन विदेशी कामदार नचाहिने उर्दी गरेका दिन त्यो चुनौती कसरी स्विकार्ने भन्ने सोच कसैमा छैन ।

खाडीबाट देश भित्रिने पैसाको हिसाब राख्न तँछाडमछाड गर्नेहरू काठको बाकसमा आउने दर्जनौं होनहार युवाहरूको मृत्युप्रति बेखबर छन् । दौरा सुरुवालमा ठाँटिएर हिँड्ने देशका ठूलाहरूले कमाएको पैसा फ्रान्सको वाइन, इटालीको जुत्ता, पाकिस्तानी ज्याकेट, अमेरिकी आइफोन, सिंगापुरको सपिङ अनि सन्तानलाई अमेरिकी र युरोपेली नागरिक बनाउन खर्च हुने, अनि परिवारलाई तातो जाउलो ख्वाउन घर बन्धकी राखेर गएको एउटा मजदुरले हाइड्रोपावरमा लगानी गरिदिए मुखियाहरू उज्यालोमा बस्ने रे । जुँगामा ताउ लगाएर कमाएकाहरूको पैसाचाहिँ खोटो मोहोर किन ? बिपीको मुखुण्डो लाएका दलालहरूले कुनै दिन राजनीतिक नेतृत्वलाई विदेशबाट आएको रेमिट्यान्सबाट ५ प्रतिशत कांग्रेस, ४ प्रतिशत एमाले, ३ प्रतिशत माओवादी र २ प्रतिशत साना दललाई बुझाउनुपर्ने नियम लगाइदिए भने कसैले आश्चर्य नमाने हुन्छ । कुनै पनि पद किनबेचको अभ्यासले मानिसलाई सोचको त्यही गन्तव्यमा पु¥याउँछ । बिपीको समाजवादले जनता धरौटी राखेर नेताको विदेशमा उपचार गर्ने किमार्थ सोचेको थिएन । बरु शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा जनताको अधिकार स्थापित गर्ने परिकल्पना थियो । बिपी प्रतिपादित समाजवादी चिन्तनको अक्षरशः व्याख्या गर्ने इमानदार प्रयास भए, ६ दशकअघि उनले कल्पना गरेको कृषक कृषि फर्मको मालिक हुन्थ्यो । आइफोनबाट बजार खोज्थ्यो । अनलाइनबाट हिसाब–किताब हेथ्र्यो ।

घाँटी–घाँटीसम्म महेन्द्रमाला कण्ठ गरेका प्रचण्डलाई जनयुद्धदेखि नै श्रीपेचविनाको राजा बन्ने ठूलो धोको थियो । देशका नदीनाला, विमानस्थल, डाँडापाखा आफ्ना नामबाट नामकरण गरिउनू भन्ने भोक पनि उत्तिकै थियो । जनयुद्धताका कम्युन शिक्षाका नाममा किताबको गाताबाहिर आफ्नो फोटो छापिएको किताब बोकाएर स्कुले तिते भुराहरूलाई मुड्की ठड्याउने अभ्यास दुईदिने रामछाया नै किन नहोस् , रुकुम– रोल्पाका केही स्कुलमा गराएकै हुन् । कारखानाको मेसिन बिग्रियो भने गोजीमा रहेको ‘रेडबुक’ ढोगेमा आपैंm मेसिन दुरुस्त हुन्छ भन्ने माओ त्सेतुङकालीन भूत प्रचण्ड अवतारमा ब्यँुझाउने अनगिन्ती प्रयास माओवादीबाट नेपालमा भएकै हो । तर, विश्वमा आएको मानवीय चेतनाको लहरले माओवादीका ती सबै रहर पानीमा किलो गाडेजस्तै बनाइदियो । मोटाउनु र सुन्निनु एउटै होइन रहेछ भन्ने दीक्षा कार्यकर्तारूपी गोमन साँपले गालामा ठुँग्दा प्रचण्डको चेत खुलेको हुनुपर्छ ।

माघको ठिहीमा पनि कार्यकर्तालाई आइसक्रिमको व्यापार गर्न पठाउने शास्त्रीय राजनीति उनीहरूको धर्म बन्दै आएको छ । फलस्वरूप देश विकासको नारा अन्धाले छामेको हात्तीजस्तै बन्यो । सबै नेपालीका हातमा मोबाइल पुग्यो । टेकुको सडक बालकले पुतलीसडकको सडक बालकलाई आफ्ना टोलतिर धेरै प्लास्टिक भएको सूचना मोबाइलबाट दिने अवस्था त आयो । तर, मोबाइल बोक्नेको महामारीले देशको सामाजिक अर्थशास्त्र ध्वस्त भयो । छिमेकी देशबाट मरिकुच्चे भारी बोकेर आउने ट्रक फर्किंदा फिरफिरेजस्तै बत्तिएर गन्तव्य पुग्ने दृश्य कसैका लागि नौलो होइन । तर भात खाएको र चिया पिएको खबर सोध्न रिचार्ज कार्डमार्पmत अरबौं सिध्याउने संस्कृतिले देशलाई कता लैजान्छ भनेर कसैले सोचेको छैन । हजुरबाको पालादेखिको हलो उही छ । गोरु त छ तर मोबाइल रिचार्ज गर्न गोरुले खाने भुस, चोकरमा घोटाला गर्न तम्सने गोठालाहरू बढ्दा छन् । गोरुले खाने चोकरमा भ्रष्टाचार भएपछि स्वभावतः गोरु कुपोषणग्रस्त हुने नै भए ।

तपाईं नै अनुमान गर्नुस् त, सारंगी पेट भएका गोरुले कुन हुतिले हलो तान्नु ? अब त धान रोप्ने समयमा पनि चुनाव, उठाउने समयमा पनि चुनाव भएपछि किसानका लागि कृषिकर्म एकादेशको कथा बन्दै गयो । मोबाइलको सेटजस्तै हलो र गोरु पाल्ने प्रविधिमा पनि नयाँपन आइदिएको भए देशको अनुहार कस्तो हुन्थ्यो होला ? कर्ममा हैन, रहरमा नशा लगाइदिने सरकारी उत्ताउलोपनका कारण देश झन्झन् अधोगतितर्पm लाग्दै छ । समस्या सानो कुरामा छ तर प्राविधिक र अंग्रेजी शब्द घोलेर त्यसलाई बुझिनसक्नुको महाभारत बनाइन्छ । संसारका हरेक राज्यले जनतालाई दिने भनेको पानी, बिजुली र सडक हो । यी तीनथोक दिएपछि कसैले जुम्लाको स्याउ कुहिएको समाचार सुन्न पर्दैन । झापाका किसानले धानको बजार नपाएको ललेत्रो गाउनु पर्दैन । धान फलाउने र स्याउ फलाउने आपैंmले आफ्नो आवश्यकताको परिपञ्च मिलाउँछन् । वाईवाई चाउचाउ औषधि पसलमा पनि पाइन्छ । रक्सी, बियर र चुरोट तरकारी पसलमा पनि पाइन्छ । यी वस्तुको आपूर्तिलाई बाढी, पहिरो, खडेरी केहीले रोक्दैन । तर खाद्य संस्थानले लैजाने अन्न, आयल निगमको तेल, साल्ट ट्रेडिङको नुन र कृषि सामग्री कम्पनीको मललाई औंसी, पूर्णिमादेखि हाकिमकी छोरीको बिहेले पनि छेक्छ । नातिको पास्नीले पनि बिक्रीमा प्रभाव पार्छ । चाउचाउ र चुरोटको व्यापारिक सोच व्यापारै गरी खाने सरकारका निकायमा चाहिँ किन लागू हुन सक्दैन ? हो यी सवैको उत्तर हो– भिजन नभएका नेता र नियत ठीक नभएका कर्मचारीको मिलेमतो ।

सत्ता र शक्ति के हो भन्ने विषयमा एउटा महाभारतको प्रसंग । पाण्डुहरू बनबास गएपछि केही समयका लागि हस्तिनापुरको राज्य चलाउने अवसर धृतराष्ट्रले पाएका थिए । हजार हात्ती बराबरको शक्ति पाए पनि उनी अन्धा थिए । राजा हुनुअघिसम्म यो पदलाई उनले पाण्डुहरूको नासोका रूपमा लिएका थिए । तर, जब राजाको श्रीपेच पहिरिए, उनमा अर्कै अनौठो र दम्भी भावना जागृत भयो । श्रीपेच लगाएका महाराज गान्धारीतिर फर्केर अत्यन्तै सुहाएको बेलिविस्तार लगाउँथे रे ! अन्धा धृतराष्ट्रले श्रीपेच सुहाएको गर्व गर्नुको पछाडिको रहस्य एउटै हो– सत्ताको सुख ।

निःसन्देह राजनीतिको अन्तिम गन्तव्य भनेकै सत्ता हो । पदले मान्छेलाई महान् बनाउँछ र नजान्दा कहिल्यै निस्कन नसक्ने खाल्डोमा जाक्छ पनि । श्रीपेचले अन्धा धृतराष्ट्रको कलेजो शान्त त बनायो होला तर शक्तिलाई सनक ठान्दा एउटा वंशकै पतन हुन पुग्यो ।

गल्ती गर्नु नभएर गल्ती दोहो¥याउनुचाहिँ जघन्य अपराध हो । आमालाई डो¥याएर मनकामना मन्दिर लैजाँदा माओवादी सिद्धान्तको घनचक्करले आपूmलाई थिच्ने भयले प्रविधिको अवलोकनलाई हतियार बनाएका तिनै बाबुराम अहिले दशैंमा जमरा र तिहारमा दिदीबहिनीले फुटाएको ओखरमा आफ्नो दीर्घायुको आशीर्वचन थाप्न तयार भएका छन् । यो भन्दा खुशीको कुरा के हुन सक्छ ? कुनै व्यक्ति आपैंm संस्कृति र सभ्यताविहीन छ भने त्यसले अरूको संस्कृति कसरी संरक्षण गर्न सक्छ ? नेपालको राजनीतिमा नबुझिएको पहेली भनेकै यही हो । बोलीका तीन प्रकार हुन्छन् । एकथरी जीब्रोले बोल्छन् । अर्काथरी मनले बोल्छन् । अनि खाँटी मानिस मन र मस्तिष्कले बोल्छन् । नेताहरू तेस्रो खाले हुन सके भने नेताका गालामा हात पु¥याउने पदमबहादुर कुँवर, देवीप्रसाद रेग्मी र प्रवेश बस्नेतहरू पश्चातापको भीक्षा माग्न आउनेछन् ।

कल्पना गरौं त, त्यो प्रवृत्तिलाई माफी गर्दा मनभित्र आउने आनन्द कति ऊर्जावान होला ! संसारमा सर्वमान्य सिद्धान्त बनाउने त्यस्तो सत्पात्र आजसम्म जन्मिएको छैन । न त देवता खोज्न जाने कुनै भक्तले देउता भेटेर ल्याएको कुनै उदाहरण छ । बरु देउताको अस्तित्व खोज्न जानेहरू आपैंm देउतासरह पूज्य बनेका उदाहरण छन् । मृत्यु र दुःखको कारण खोज्न निस्किएका राजकुमार सिद्धार्थ गौतम बनेर फर्किए । एउटा सामान्य कार्पेन्टरको सन्तानलाई यस्तै जिज्ञासाले क्राइस्ट बनायो । संसारको हरेक शास्त्रको एउटै सूत्र हो– बहुजन हिताय, बहुजन सुखाय । मानिसलाई धर्म र बादका नाममा विभक्त त मानिसले गरेको हो । जाडोमा हरेक बाद र धर्मका मानिसलाई न्यानो लुगा र तातो घाम प्यारो हुन्छ । हो, घामको ताप र लुगाको न्यानोचाहिँ धर्म हो । हामीले कोरेको भनेको सम्प्रदायको लक्ष्मणरेखा हो । यस्तो रेखाले सियोको जस्तो जोड्ने नभएर कैंचीले जस्तो टुक्र्याउने काम गर्छ ।

सदाचारीमाथि व्यभिचारीको शासन अन्त्यका लागि भएको यो राजनीतिक परिवर्तन पनि अन्ततः नयाँ भाँडोमा पुरानो रक्सीकै छनक दिने परिघटना हुन पुगेको छ । पहिला एउटालाई पूmलपाती चढाए हुनेमा अहिले त चढाउँदा चढाउँदा रूखको पात के जराले पनि नभ्याउने अवस्था छ । टोले, झोले, कुण्डले, मण्डलेका डन बनेर दलका मुखियाहरूले राणा शासनकालका पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी कमाण्डिङ जर्नेलहरूको झल्को दिने काम गर्दै आएका छन् ।

अहिले हामीसँग खुला आकाश छ, खुला धर्ती छ अझ भनौं सर्वत्र खुला वातावरण छ । सार्वभौमसत्ता जनतामा निहित छ । राजनीतिक भाषामा भन्दा सिंहदरबारको अधिकार गाउँमा पुगेको छ । यी सबै भएर पनि यसलाई स्थिर र प्रतिष्ठित बनाउने चेतना, दक्षता र सीपको भने कमी छ । शिक्षाको उज्यालो केही शहरी क्षेत्रमा मात्र सीमित छ । यिनै कारणले खुला आकाश कतै ट्राफिक जाममा परेजस्तो, कतै संकुचित वृत्तभित्र फन्का मारिरहेजस्तो, देशभित्र जनता भए पनि जनताभित्र कतै देश नभएजस्तो अनुभव धेरैलाई भइरहेको छ । हो, परिवर्तन धेरै भएको छ तर भित्र होइन, बाहिर बाहिर, व्यवहारमा नभएर सिद्धान्तमा मात्र । अहिले पनि क्षतविक्षत मन लिएर नेपाली बाँच्न बाध्य छन् ।

व्यभिचारीले सदाचारीको भावना बुझेको इतिहास संसारमा कतै छैन । फलामबाट निस्किएको खियाले फलामको अन्त्य गरेजस्तै मनबाट निस्किएको विचारले मान्छेलाई सिध्याउँछ । पोखरीको डिलमा उभिएर पोखरी फोहोर भयो भनी फलाक्दैमा फोहोर पोखरी सफा नभएजस्तै देश बिग्रिएको चिन्ता चियाको कपमा पोखेर साम्य हुँदैन । त्यसैले भाग्यवादी हैन, कर्मवादी भएर बाँच्ने संकल्प गरेका दिन सबै समस्या आपैंm किनारा लाग्ने पक्का छ । यसका लागि अनेकौं तन्त्रमन्त्रका औंठी भिरेर आपूmलाई भाग्यवादी बनाएका नेताले ती औंठी फुकालेर जनतालाई कर्मवादी भएको विश्वास दिलाउन सक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !