धनकुटाका ५७ वर्षेद्वारा पोखरामा ८ वर्षीया बालिकामाथि करणी

धनकुटाका ५७ वर्षेद्वारा पोखरामा ८ वर्षीया बालिकामाथि करणी

कास्कीमा ८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ५७ वर्षका पुरुषले नाबालिकालाई करणी गरेको प्रहरीले बताएको छ ।

पोखरा महानगरपालिका ३२ खुदीखोलाको सुकुम्बासी बस्तीमा बस्ने धनकुटा घर भएका ५७ वर्षीय सोवितमान लिम्बूलाई उक्त अभियोगमा पक्राउ गरिएको हो ।

लिम्बूले ती बालिकालाई ललाई फकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेका थिए ।

पाँच केजी गाँजासहित एक पक्राउ

जति पक्राउ गरे पनि प्रदेश नम्बर १ मा लागूऔषधका व्यापारी सल्बलाउन छोडेका छैनन् । हिजो पनि प्रहरीले मोरङ बिराटनगर महानगरपालिका ४ कन्चनबारीबाट गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने धनकुटा सहिदभूमि गाउँपालिका ७ का २४ बर्षीय सागर राई हुन् । उनको साथबाट प्रहरीले ५ किलोग्राम गाँजा बरामद गरेको छ । उनलाई राती साढे ८ बजे प्रहरीको सीआरभी पोष्ट भट्टाचौकले सार्वजनिक सवारी साधन चेकजाँच गर्दा फेला पारेको हो ।

प्रहरी नियन्त्रणमा रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू