एमाले छोड्न पाऊँ भनेर हालिएको मुध्दाको सुनुवाई हुँदै

एमाले छोड्न पाऊँ भनेर हालिएको मुध्दाको सुनुवाई हुँदै

आफ्नो दलीय हैसियत नेकपा एमालेको नभई नेकपा एकीकृत समाजवादी पार्टीमा हुनुपर्ने मागदावीसहित परेको रिटमाथि अहिले सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।

एमालेबाट बिद्रोह गरी नेकपा एकीकृत समाजवादीमा लागेका पाल्पाका सोमप्रसाद पाण्डे र सुदूरपश्चिमकी शारदादेवी भट्टले दल रोज्न पाउने आफूहरुको अधिकार कुण्ठित भएको भन्दै हालेको रिटमाथि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई हुने भएको हो ।

एमालेमा विभाजनपछि आफूहरुले नेकपा एकीकृत समाजवादीमा सनाखत गर्न खोज्दा निर्वाचन आयोगले नदिएको भन्दै उनीहरुले सर्वोच्चमा रिट हालेका हुन् । रिटमा आफ्नो विवरण एकीकृत समाजवादीमा अद्यावधिक गराउन आदेश माग गरिएको छ ।एमाले विभाजनका बेला प्रारम्भमा निर्वाचन आयोगमा बुझाइएको निवेदनमा हस्ताक्षर नगरेका पाण्डे र भट्ट सनाखतको बेला आयोग कार्यालय पुगेका थिए । तर, आयोगले कानुनी अड्चन देखाउँदै उनीहरूको सनाखत लिन अस्वीकार गरेको थियो।

एमाले केन्द्रीय सदस्य रहनुभएका पाण्डे नेकपा एसका अध्यक्ष माधव नेपालका सम्धीसमेत हुन् । भट्ट एमालेबाट निर्वाचित राष्ट्रियसभा सांसद हुन् ।

टिप्पणीहरू