कसैको पैसा, कसैको बैंश

कुरा पण्डितमा पुगेर अड्किएको छ, दुबै पक्षको सल्लाह भइसकेको छ र अभिभावकले सहमति पनि जनाइसकेका छन् । मात्र पण्डितले अड्को थापिदिएका छन् । तत्काल विवाह नगर्न सुझाएका छन् । भनेजस्तो मुहूर्त नजुराइदिँदा पालो आएको छैन । 

तर, फिल्मी बजारमा हल्ला छ, लगनगाँठो कस्न लागेकी शिल्पा पोखरेल र निर्माता छवि ओझाबीच पानी बाराबारको । हल्लाअनुसार शिल्पासँग छवि यति धेरै मोहित भए कि आफैंले विवाहको प्रस्ताव राखे । तर, शिल्पाले रेड सिग्नल दिइन् । यही कारण यी दुईबीच बोलीचाली बन्द भएको विषयमा मंगलबार बिहानै निर्माता छवि ओझालाई जनआस्थाकर्मीले सम्पर्क ग¥यो । 

उनी यस्तै हल्लाबाट आजित रहेछन् । सुनाए ‘मैले पनि सुनेको हुँ । हिजोको भेटमा सुनाए । उनी हाँसिन् मात्र । अचेल शिल्पासँग आफ्नो दैनिक भेटघाट हुने गरेको छविले बताए । विवाहको कुरा पक्कापक्की भइसकेको भए पनि शिल्पामा पुगेर अड्किएकोले उनीसँगै बुझ्न आग्रह गरे । त्यसपछि जनआस्थाकर्मीले सम्पर्क ग¥यो शिल्पालाई । वीरागंनाको सुटिङमै व्यस्त रहेकी उनलाई सोध्दा यो हल्ला मात्र भएको सुनाइन् । भनिन्, ‘सबै कुरा मिलिसक्यो, पण्डितले अहिले विवाह नगर्नू भनेका छन् । त्यही कारण हो रोकिएको ।’ शिल्पाका अनुसार यही वर्षको अन्त्यमा लगनगाँठो कसिनेछ । 

बाघ निर्माताको रूपमा कहलिएका छवि ओझाको वैवाहिक जीवन भने सुखी रहन सकेन । केही समयअघि रेखा थापाले सम्बन्धविच्छेद गरेपछि एक्लो जीवन बिताउँदै आएका छविले रेखाकै रूप देखेर शिल्पालाई लज्जा, हवल्दार सुन्तली, किस्मत–२ मा खेलाए । अहिले उनै शिल्पालाई निर्मात्री बनाएर ‘मंगलम्’ बनाएका छन् । जसको रिलिज असोजमा हुँदै छ । पिता उमेरका छविसँग शिल्पाले लगनगाँठो कस्ने तयारी गर्नुलाई ‘छविको पैसा र शिल्पाको बैंश’ले काम गरेको भन्दै व्यंग्य गर्नेहरू भेटिन्छन् । 

टिप्पणीहरू