गडबड नगरौं न गुरु

मानसिंह धर्म मावि तारकेश्वर–१० काठमाडौंका प्राचार्य विनोद पण्डितले सामुदायिक विद्यालयलाई निजी सम्झी मनपरी सञ्चालन गर्दै आएका छन् । भीमार्जुन आचार्यजस्ता वकिलले मेरो पक्षमा वकालत गर्छन् भन्दै फूर्ति लगाउने उनले आईजी प्रकाश अर्याल फुपूको छोरो भएकाले पुलिस–प्रशासनको डरधम्की दिन पछि पर्दैनन् । स्कुलमा पण्डितको मनोमानी बढेपछि अख्तियारले छानबिन गर्न परिपत्र गरेको छ ।

जिशिकाले तीन सदस्यीय समिति नै बनाई १३ किसिमको कागजात मागेको छ तर पण्डितले कहिले परीक्षा त कहिले अरु काम छ भन्दै कागजात उपलब्ध गराउन आलटाल गर्दै आएका छन् । आर्थिक प्रतिवेदन तयार नगरेको, २०६७ सालदेखिको अडिट नदिएको, जिल्ला शिक्षाबाट प्राप्त ६ लाख पचास हजारको प्रयोगशाला निर्माणार्थ समितिले पटक–पटक आग्रह गर्दा त्यसको बेवास्ता गरेको, भूकम्पपीडित विद्यार्थीका लागि जिल्ला शिक्षाले एक हजारका दरले रकम दिन फारम संकलन गरेको तर हालसम्म वितरण नगरेको, रेक्टोफिटिङको नाममा इञ्जिनियर र प्राचार्य मिलेर अनियमितता गरेको जस्ता आरोप उनीमाथि छ ।

त्यसैगरी पण्डितले बैठकपिच्छे फरक–फरक माइन्युट पुस्तिका प्रयोग गर्ने गरेका छन् भने कसैलाई प्रतिपिरियड ८३०० (महिनाको २५ हजार), कसैलाई प्रतिमहिना ७ हजार मात्र दिएका छन् । कोचिङ कक्षाहरुको बिनापिरियड भरपाई बनाई केही शिक्षकले रकम बुझ्दै आएका छन् भने कक्षा नै नपढाई कोचिङको नाममा १० हजार लिँदै आएकोमा हाल आएर चार हजार लिनेसम्मको काम भएको छ ।  एसएलसी÷एसइइ उत्तीर्ण गरेका विद्यार्थीलाई चारीत्रिक प्रमाणपत्र दिँदा ३२५० रुपैयाँ विद्यालयमा आम्दानी नबाँधी आफ्नै तरिकाले खर्च गरेका छन् । १८ गतेदेखि वर्षे बिदा दिने निर्णयमा हस्ताक्षर गरे पनि ११ गतेदेखि नै बिदा दिइएको छ भने अर्थ मन्त्रालयबाट आएको २० लाख आफूखुशी खर्च गरिएको छ ।

पण्डितले निम्न योग्यता भएका निजी शिक्षकलाई विद्यालय इञ्चार्जजस्तो महŒवपूर्ण जिम्मेवारी र छुट्टै कार्यकक्ष दिएका छन् । जेठ २६ गतेको बैठकदेखि सच्चिएर काम गर्ने र शिक्षकलाई पनि दुव्र्यवहार नगर्ने मौखिक र लिखित प्रतिबद्धता गरे पनि व्यवहारमा भने कुनै परिवर्तन आएको छैन । अनिता कार्की भन्ने कर्मचारी नै नभएको तर पण्डितले उक्त नाममा प्रतिमहिना ५ हजारका दरले रकम निकासा लिएका छन् । कसैलाई तीन पिरियड लिएको भरमा प्रतिमहिना २५ हजार दिएका छन् भने ६ पिरियड लिने शिक्षकले २४ हजार मात्रै पाएका छन् । पण्डितले व्यवस्थापन समितिको अनुमितिबिनै शोभा लामिछानेलाई प्रिप्राइमरी तहमा नियुक्त गरेर पढाउन लगाएका छन् ।

– चिन्तित अभिभावकहरू

टिप्पणीहरू