​जितेको ठाउँमा उठ्न नजान्दा

दाङ जिल्लास्थित १० स्थानीय तहमा कार्यपालिका र जिल्ला समन्वय समिति गठनका लागि एमाले र माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएको छ । असार १४ गते सम्पन्न निर्वाचनमार्फत घोराही र घोराही उपमहामनगरपालिका, बबई, बंगलाचुली, गढवा, दंगीशरण र शान्तिनगर गाउँपालिकामा कांग्रेस बहुमत प्राप्त गर्न सकेको थिएन ।

देउखुरीका लमही नगरपालिका र राप्ती तथा राजपुर गाउँपालिकामा बहुमत हासिल ग¥यो । स्थानीय पालिकामा मनोनीत गर्नेमा पनि लमही, राप्ती र राजपुरमा कांग्रेसको बहुमत छ । घोराही, तुल्सीपुर र बवईमा एमालेको एकल बहुमत छ भने बंगलाचुली गाउँपालिकामा माओवादी पकड छ । तुल्सीपुरमा एकजना सदस्य पनि नजितेको माओवादी केन्द्रलाई नगर कार्यपालिकामा प्रतिनिधित्व गराइएको छ । २९ सदस्यीय उपमहानगर कार्यपालिकामा एक जना सदस्य माओवादीको पनि उपस्थिति भएको छ । 

घोराहीमा कांग्रेसले कार्यपालिकाको निम्ति उम्मेदवारी दिएन । एमाले एक्लैको ५५ सदस्य छन् । घोराहीमा एमालेले १० वटा वडा, कांग्रेसले ६ वटा र माओवादीले तीनवटा वडाध्यक्ष जितेका थिए । कांग्रेसले उम्मेदवारी दिने कुरा नै थाहा नपाएपछि एमालेले त्यहाँ उम्मेदवार सवै निर्विरोध भए । घोराहीमा सर्वसम्मत र तुल्सीपुरमा निर्वाचनबाट आठ/आठ जना सदस्य निर्वाचित भएका छन् । घोराहीमा एमालेका आठ जना र तुल्सीपुरमा सात जना, लमहीमा कांग्रेससमर्थित आठ जना छन् ।

एमालेसँग १० र माओवादी केन्द्रसँग २ गरेर जिल्ला समन्वय समिति गठनका लागि १२ भोट छ भने कांग्रेससँग आठ भोट मात्रै छ । आठ भोट रहेको कांग्रेस र माओवादी मिल्दा पनि १० मात्रै हुन्छ । यस्तो अवस्थामा एमालेलाई मनाउन कांग्रेसका नेता लागिरहेका छन् । जिल्ला समन्वय समितिमा एमालेले प्रमुखसहित चार सदस्य र माओवादीले उपप्रमुखसहित तीन सदस्य लिने सहमति भएको छ । 

– शरद अधिकारी

टिप्पणीहरू