तीजको दिन नेपाली महिलालाई अर्को सन्तुष्टि

तीजको दिन नेपाली महिलालाई अर्को सन्तुष्टि

तीजको दिन भएको बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल २–१ गोल अन्तरले विजयी भएको छ ।

सविता रानामगर र प्रीति राईले पहिलो हाफमा समान एक गोल गरेपछि बंगलादेशको पराजय भएको हो । नेपालको जितका लागि सविताले खेलको १३ औँ र प्रीतिले २३ औँ मीनेटमा गोल गरेकी थिइन् ।

पहिलो हाफमा दुई–शून्यले अघि रहेको नेपाल खेलको दोस्रो हाफमा बङ्गलादेशले एक गोल गरेपछि २–१ को अन्तरमा खुम्चिएको हो । बंगलादेशका लागि खेलको ८३ औँ मीनेटमा थोउरा खातुनले गोल गरेकी हुन् ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । मैत्रीपूर्ण खेलको दोस्रो म्याच आउँदो आइतबार हुनेछ ।

टिप्पणीहरू