नाथुराम बन्न खोज्ने माननीयको माग नामन्जुर

नाथुराम बन्न खोज्ने माननीयको माग नामन्जुर

भारतमा महात्मा गान्धी मार्ने नाथुराम गोड्से बनेर तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई भौतिक रूपमा सिध्याउने भाषण दिई माफी माग्नसमेत बाध्य भएका सत्तारुढ दल नेपाली कांग्रेससम्बध्द बाग्मती प्रदेशसभाका माननीय नरोत्तम बैध्यले पार्टी महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिट खारेज भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रिट खारेज गरेको हो ।

वैद्यले कोरोना महामारीलाई कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दर्ता गरेका थिए । दुई पटकसम्म महाधिवेशन स्थगित गरेको कांग्रेसले मंसिर ९ देखि १३ सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ ।

टिप्पणीहरू