एमालेमा किन रोकिए ? एसमा जाने किन कम देखिए ?

एमालेमा किन रोकिए ? एसमा जाने किन कम देखिए ?

खोसाखोस र तानातानमा परेका नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमध्ये थोरैले नवगठित नेकपा एस रोजेका छन । देशभरि १४ हजार ७ सय १८ जना जनप्रतिनिधि नेकपा एमालेको सूर्य चिन्हबाट निर्वाचित भएका थिए । स्थानीय तहमा निर्वाचितमध्ये नेकपा एसमा एक हजार ४ सय ६३ जना खुलेको बताइन्छ । यो कूल सङख्याको जम्मा १० प्रतिशत हो ।

सँघ र प्रदेशमा राम्रो प्रभावसहित साँसदहरुलाई आफूतिर आकर्षित गर्न सफल नेकपा एसले स्थानीय जनप्रतिनिधि भने तान्न नसकेको देखिन्छ । एसका प्रवक्ता जगन्नाथ खतिवडासमेत स्थानीय जनप्रतिनिधिलाई आफ्नो दलले तान्न नसकेको स्वीकार गर्दछन् ।

“एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापा भने लोभी पापी र स्वार्थीपन बढि रहेका माथिकाहरु बिक्री भएको तर ग्राउण्डमा काम गर्नेहरु निष्ठावान भएकाले एमाले छोड्न नसकेको बताउँछन् ।”

गृहजिल्ला उदयपुरबाट भर्खर काठमाण्डौ आइपुगेका खतिवडा विविध कारणबस स्थानीय सरकारका नेताहरुलाई आफ्नो दलमा तान्न नसकेको बताउँछन् । मूलत: आर्थिक कारणले धेरै वडा अध्यक्ष एमालेमै रहेको खतिवडाको बुझाइ छ ।

बजेट जति मेयरसँग रहने अनि वडाध्यक्षसङ्ग डोजरका मालिक । बजेट र डोजरको कनेक्सनका कारण स्थानीय तहका जनप्रतिनिधीले एमाले छोड्न सकेनन्-खतिवडाले जनआस्थालाई बताए ।

“मूलत: आर्थिक कारणले धेरै वडा अध्यक्ष एमालेमै रहेको खतिवडाको बुझाइ छ । बजेट जति मेयरसँग रहने अनि वडाध्यक्षसङ्ग डोजरका मालिक नजिकिने ।”

यता एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापा भने लोभी पापी र स्वार्थीपन बढि रहेका माथिकाहरु बिक्री भएको तर ग्राउण्डमा काम गर्नेहरु निष्ठावान भएकाले एमाले छोड्न नसकेको बताउँछन् ।

खतिवडाचाहिँ उता केपी ओलीले सबैजसो जनप्रतिनिधिलाई फोन नै गरेर थाम्न सकेको तर यता माधव नेपालले त्यति गर्न नसक्दा नम्बर घटेको बताउँछन् । स्थानीय तहमा नेकपा एमाले विभाजनको असर ९.९४ प्रतिशत परेको छ ।

टिप्पणीहरू