रातो राम्रो गुलियो मिठो, तीजको रमझम (फोटो फिचर)

रातो राम्रो गुलियो मिठो, तीजको रमझम (फोटो फिचर)

हिन्दु धर्मावलवी नारीहरुको महान पर्व तीजको मुख्य दिन आज हो । पशुपतिनाथ मन्दिर तथा अन्य शिवालयहरुमा देखिने असामान्य देखिने गरिएको विगतको भीड अनि रातो सारीमा सजिएका चेलीहरु नै आजको विशेषता हो ।

आज बिहानैदेखि परेको सिमसिमे पानीलाई बेवास्ता गर्दै महिलाहरु शिव मन्दिरहरुमा पूजा र दर्शन गर्न कस्सिएका देखिन्थे । पार्वतीले सत्ययुगमा निराहार व्रत बसेर शिवको पूजा, आरधना गरेपछि महादेव स्वामी पाएकी हुनाले आजको दिन ब्रत बसेर शिव मन्दिरमा पूजा, आराधना गर्दा आफ्नो मनकामना पूरा हुने विश्वास यद्यपि छ ।महामारीका कारण पशुपतिनाथ तथा अन्य शिवमन्दिरहरुमा गत वर्ष र यो वर्ष मुख्य प्रवेशमा रोक लगाइएको छ । तर सदाझैँ आज पनि बाहिरैबाट दर्शनको साथै सेल्फी र टिकटक बनाउने होडबाजी मन्दिर परिसरमा देखिन्थ्यो ।हेरौ, काठमाडौँको मखनमा अवस्थित सानो पशुपतिनाथ मन्दिर वरिपरिका केही दृश्य :

 

टिप्पणीहरू