​साली राखेपछि साह्रै नै मन खालि

प्रालि बनाउन खोज्दा सहकारीमा रूपान्तरणजस्तो भएन ? तराईका १२ जिल्लामा पहुँच र पकड रहेको राजपामा माओवादी पछाडिको दोस्रो ठूलो जम्बो केन्द्रीय कार्यसमिति बन्नु यसकै उदाहरण हो । त्यहाँ ८१५ जनाको केन्द्रीय कायसमिति बनेको छ । 

०४७ सालमा माक्सवादीसँग मिलेको एमालेमा २ सय ४ जनाको केन्द्रीय कार्यसमिति छ । एकको मृत्यु र एकले पार्टी परित्याग गरेका कारण हाल २०२ जनामा खुम्चिएको छ । कांग्रेसको कार्यसमिति ८५ जनाको मात्र हो । त्यहाँ पनि ७६ निर्वाचित भएका थिए । बाँकी ९ को मनोनयन अझै हुन सकेको छैन । माओवादीको भन्दा बढीको केन्द्रीय कार्यसमिति बनेको छ । राप्रपामा १६३ जना छन् । फोरम लोकतान्त्रिक कार्यसमितिको ३७० पुगेको छ । तीन महिनाअगाडि गठन गरेर अघिल्लो साता मात्र निर्वाचन आयोगमा दर्ता भई पाँचांै ठूलो पार्टी बनेको राजपामा एमाले भन्दा ६११ जना बढी, कांग्रेसभन्दा ७३० जना बढी अटाएका छन् । अचेल राजपाका नेता ‘बिजुलीबजार आसपासतिर अलि जोगिएर हिँड्नुहोला, हाम्रा नेताले च्याप्प समातेर झ्याप्पै केन्द्रीय सदस्य बनाइदेलान्’ भन्दै व्यंग्य गर्न थालेका छन् । 

पार्टी गठन गर्दा तराई मधेस शब्द उडाइयो । कहिले अर्कैको नाम त कहिले भाजपाको झण्डा सारेका कारण विवादमा आएको राजपा पार्टी दर्ता गराउँदासम्म विवादमुक्त हुन सकेनछन् । अस्ति निर्वाचन आयोगमा दल दर्ता गराउँदा एमाले प्रवेश गरेका समि मिया, अनिता यादवहरूको नामसमेत राखिएको भेटिएको छ । 

भागबण्डा मिलाउन ६ अध्यक्ष, तीन वरिष्ठ नेता, तीन सहअध्यक्ष, ८ वरिष्ठ उपाध्यक्ष,  उपाध्यक्ष २४, महासचिव ३१, सहमहासचिव ३४, सचिव १२, कोषध्यक्ष ५, सहकोषाध्यक्ष २, प्रवक्ता ६ र सहायक प्रवक्ता एक जना तोकिएको छ । ८१५को कार्यसमितिमा हृदयेश त्रिपाठीका २०५, राजेन्द्र महतोका १६८, महेन्द्र यादवका १३१, शरत्सिंह भण्डारीका १०१, अनिल झाका १६० र राजकिशोर यादवका ५० जना कार्यसमितिमा परेका छन् ।

अध्यक्षमण्डलको कार्यशैलीप्रति चित्त दुखाउँदै बृजेशकुमार गुप्ताले मंगलबार बिहान जनआस्थासँग भने, ‘६ जनालाई त नेता मानेकै थिएँ, तिनका साली, श्रीमती, सम्धिनी समेतलाई मानिदिनुपर्ने ? उनी महासचिव हुन् । तर पार्टीको विधान हेर्न पाएका छैनन् । सञ्चारमाध्यबाट सुने÷पढेअनुसार विधानलाई डेमोक्रेटिक मान्न तयार छैनन् । बरु हिप्पोक्रेटिक भएको आरोप लगाउँछन् । 
केन्द्रीय कार्यसमिति मात्र जम्बो बनाउँदा जनताको मन जितिने भए स्थानीय तहको निर्वाचनमा माओवादी पहिलो हुनुपर्ने थियो । तेस्रो स्थानमा खुम्चियो । अरू त अरू ४४ जना केन्द्रीय सदस्य रहेको बाँकेमै माओवादी पत्तासाफ भयो । यस्तो तथ्य नबिर्सनसमेत असन्तुष्ट नेताहरूले नेतृत्वसँग आग्रह गरेका हुन् । 

टिप्पणीहरू