औषधि गोदाममा आगलागी, १२ लाख बढीको क्षति

औषधि गोदाममा आगलागी, १२ लाख बढीको क्षति

काठमाडौंको एउटा औषधि गोदाममा आगलागी हुँदा झण्डै १२ लाख रुपैयाँ बढीको क्षति भएको छ । काठमाडौं महानगरपालिका १३ स्थित चागलमा रहेको कुल रत्नको चार तले घरको भुईं तल्लामा विद्युत सर्ट भएर आगलागी हुँदा उक्त क्षति भएको बताइएको छ ।

आगलागीबाट अनिल आचार्यको सञ्जिव सर्जिकल हाउसको औषधि गोदाम जलेको हो । मध्यान्ह १२ बजेतिर लागेको आगो करिब आधा घण्टापछि जुद्ध वारुण यन्त्रको दमकलले निभाएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू