कुन सिडिओ उत्कृष्ट,कुन कमजोर ?

कुन सिडिओ उत्कृष्ट,कुन कमजोर ?

गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको कार्यसम्पादन मूल्यांकन (कासमू ) को रिपोर्ट कार्ड सार्वजनिक गरेको छ ।

मन्त्रालयको नीति,योजना तथा मूल्यांकन महाशाखाले सार्वजनिक गरेको रिपोर्टअनुसार ३ जिल्लाका प्रजिअको कार्यसम्पादन मूल्यांकन अति उत्कृष्ट अर्थात ए प्लस,१४ जिल्लाको उत्कृष्ट अर्थात ए ग्रेड,१८ जिल्लाको उत्तम अर्थात ए माइनस,२१ जिल्लाको मध्यम अर्थात बी प्लस र बाँकी २१ जिल्लाकाको न्यून अर्थात बी माइनस देखिएको गृह मन्त्रालयले जनाएको छ ।

गृहले शान्ति सुरक्षा,अपराध नियन्त्रण,सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण,विपद जोखिम न्युनीकरण तथा जोखिम व्यवस्थापन,विकास निर्माण अनुगमन,समन्वय,सदाचार र आर्थिक अनुशासनलगायत मापदण्डका आधारमा जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको मूल्यांकन गरेको हो ।गृह मन्त्रालयले जनआस्थालाई उपलव्ध गराएको विवरण अनुसार, झापा,रुकुम पूर्व र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीको कासमू अब्बल पाइएको छ । उनीहरुलाई ए प्लस ग्रेड दिइएको छ ।

यस्तै ए ग्रेड अंकभार पाउने सिडिओहरुमा ललितपुर, रुकुम(पश्चिम), गुल्मी, स्याङ्जा, सोलुखुम्बू, लमजुङ, बाग्लुङ, गोरखा, जाजरकोट, हुम्ला,कालिकोट,चितवन,पर्वत र संखुवासभा छन् ।

यस्तै सुर्खेत,रौतहट,धनकुटा,रसुवा,नुवाकोट,रामेछाप,तनहुँ,भोजपुरसहित २१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको कार्यसम्पादनलाई गृहले उत्तम ठहराएको छ । ती जिल्लाका प्रजिअलाई ए ग्रेड दिइएको छ ।

कासमू कमजोर दह्रिएका जिल्लाहरुमा काठमाडौं,पर्सा,दोलखा,पाल्पा,कञ्चनपुर,बर्दिया,कैलाली,डोटी,सप्तरी बाँके,मोरङ,बाजुरा,दैलेखसहितका २१ जिल्ला रहेको गृह मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू