के–के भयो–भयो, सदाचार कता गयो ?

खानेपानी मन्त्रालयमा अर्काे आइजिपी काण्ड दोहोरिएको छ । मेलम्ची खानेपानी आयोजना (दोस्रो) को कार्यान्वयन निर्देशनालयमा उपनिर्देशक नियुक्त गर्दा वरिष्ठता मिचेर तेस्रो व्यक्तिलाई ल्याइएको भेटिएको हो । 

खानेपानी तथा ढल निकास विभागबाट काज खटिएका ५ जना सिडिईमध्ये तेस्रो स्थानमा रहेका सूर्यराज कँडेललाई हरिप्रसाद पाण्डे र नन्दलाल वञ्जाडेलाई थन्क्याएर नियुक्त गरिएपछि बञ्जाडेले जेठ २२ गते काज फिर्ता गराइपाउन दिएको निवेदन खानेपानी मन्त्रालयका सचिव भीम उपाध्यायले २३ दिनसम्म घर्राभित्र थन्क्याएर असार १५ गते मात्र दर्ता गराएका छन् । बञ्जाडे भने पोखरामै काज फिर्ता भएका छन् । 
सचिव उपाध्यायले खानेपानी मन्त्रालयमा आएदेखि विदेश नगएको बताए पनि साता नबित्दै चीन भ्रमणमा गएका थिए भने जुलाई ३० तारिखका दिन सह सचिवस्तरीय खानेपानी विभागको उपमहानिर्देशक सुनीलकुमार दासलाई आएको कोटामा दातृसंस्था एसएनभीलाई दबाब दिई आफ्नो निम्ति समेत पछिबाट कोटा थप गराएर अस्टे«लियाको ब्रिस्बेन र सिड्नी जाँदै छन् । 

जबकि उनी यही भदौ ११ गते अवकाश पाउँदै छन् । अवकाश पाउनु १५ दिनअघि विदेशमा सिकेको सीपले मुलुकलाई के उपलब्धि देला ? उपाध्यायलाई सचिवको हैसियतले दिइएको बा.२झ १४७६ नम्बरको कारले नपुगी मेलम्ची दुई पिआइडीको नयाँ यसै वर्ष खरिद गरिएको स्कोरपियो गाडी र प्राइभेट नम्बर प्लेटको बा.४च ६६६१ नम्बरको मेलम्ची खानेपानी आयोजनाको गाडी प्रयोग गर्दै आएको मन्त्रालय स्रोतको दाबी छ ।

टिप्पणीहरू