चार महिना लुकाएर चम्पट

नेपालको सिष्टममा प्रधानमन्त्री ठूलो कि मुख्यसचिव भन्नेमा शंका गर्ने अवस्था आइलागेको छ । आफ्नो निजी स्वार्थका लागि सोमलाल सुवेदीले एउटा निर्णय साढे चार महिना लुकाएका रहेछन् । प्रचण्ड प्रधानमन्त्री रहेकै बेला उनले यस्तो एउटा निर्णयमा फागुन १५ गते प्रचण्डको मुन्टो हल्लाउन लगाएका हुन् । त्यस्तो निर्णय गर्दा न त एजेण्डा ल्याइयो, न मन्त्रीहरुबीच छलफल नै चलाइयो । आफैंसँग भएको माइन्युट बुकमा लेख्यो र प्रधानमन्त्रीको मुड हेरेर सही गर्न लगायो । सुवेदीले त्यसैगरी लुकाएको निर्णय आफूले कार्यभार छोड्ने अघिल्लो दिन गत हप्ता प्रम कार्यालय सचिव राजीव गौतमको हातमा राखिदिँदै सामान्य प्रशासन मन्त्रालयमा पु¥याउन आदेश दिएका हुन् ।

हो, यही निर्णयले गर्दा नेपालमा अहिले कानुनी रुपमा दुईजना मुख्यसचिव छन्, राजेन्द्रकिशोर क्षेत्री र सोमलाल सुवेदी । यसरी उनले उक्त निर्णय लुकाउनुको कारणचाहिँ मुद्दाको डरले गर्दा रहेको बताइन्छ । प्रधानमन्त्रीय प्रणालीमा मुख्यसचिवले प्रधानमन्त्रीको चाकरी गरेर कसरी फाइदा उठाउन सक्छन् भन्ने कुराको बलियो उदाहरण हो यो । हिँड्नुभन्दा एकदिन अगाडि उनले त्यसलाई कार्यान्वयनमा ल्याए र स्वार्थपूर्ति गरे । यस्तो काम गर्दा अनैतिक र गैरकानुनी काम गरेको आरोप लाग्ने डरले निर्णय लुकाएको भए पनि व्यक्तिगत स्वार्थपूर्ण निर्णय सदर गर्ने प्रचण्ड यसमा बढी दोषी देखिन्छन् । 

टिप्पणीहरू