एमसीसी उपाध्यक्षले सबैभन्दा पहिले एमाले अध्यक्षलाई भेट्ने

एमसीसी उपाध्यक्षले सबैभन्दा पहिले एमाले अध्यक्षलाई भेट्ने

अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार आज बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ । काठमाडौं ओर्लने बित्तिक्कै उहाँले नेपाली नेताहरुमध्ये प्रमुख विपक्षी दल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय भएको बताइन्छ ।

फतिमा बिहान ठीक सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएको छ । यो टोलीलाई नागपोखरीस्थित होटल मेरियटमा बस्ने प्रबन्ध मिलाइएको छ । होटलमा केहीबेर आराम गरेपछि टोली साढे १२ बजे कमलादीस्थित अमेरिकी राजदूतको निवास “कमलकुन्ज” जाने कार्यक्रम रहेको बताइन्छ । राजदूतसँग केहीबेर भलाकुसारी पछि एमसीसी उपाध्यक्ष सुमार र राजदूत रेण्डी बेरीको टोलीले एमाले अध्यक्ष ओलीसँग भेट्ने व्यवस्था मिलाइएको छ ।

ओलीसँग भेट्न सुमार नेतृत्वको टोली उहाँको निवास बालकोट पुग्नेछ । बालकोटमा साढे १ बजेभित्र पुग्ने भनिएको छ । ओलीसँगको भेटघाटको निम्ति १ घण्टाको समय छुट्याइएको छ । बालकोटको छलफल र भेटघाटपछि सुमार टोली साढे २ बजे होटल याक एण्ड यति पुग्नेछ ।

सम्भवतः होटल याक एण्ड यतिमा लञ्च लिएपछि कतिपय भेटघाट र छलफलसमेत त्यहिँ हुने बुझिएको छ । आवश्यकताअनुसारका नेता तथा व्यक्तित्वहरुसँगको भेटघाटपछि मात्र सरकारी अधिकारीहरुसँग भेट गर्ने समय तालिकालाई अन्तिम रुप दिइने स्रोतले बताएको छ ।

टिप्पणीहरू