हिजाे आकाश ढाक्ने गरी अन्तर्राष्ट्रिय उडान

हिजाे आकाश ढाक्ने गरी अन्तर्राष्ट्रिय उडान

कोरोना महामारीका कारण लामो समयदेखि सीमित संख्यामा खुम्चिएको अन्तर्राष्ट्रिय उडान ह्वात्तै बढेकाे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विभिन्न सेक्टरका निम्ति हिजाे एकै दिनको हिसाब हेरेर उडान अनुमति दिएपछि उक्त संख्या बढेको हो ।

याे हिसाबले अबदेखि काठमाडौंबाट उडान र अवतरण गरेर दैनिक तीन दर्जनभन्दा बढी फ्लाइट हुने बाटो खुलेको छ । नयाँ तालिकाअनुसार हिजाे १५ वटा सेक्टरमा डेढ दर्जनभन्दा बढी हवाई कम्पनीले नियमित र चार्टर उडान गर्ने तालिका स्वीकृत गरिएको थियाे । जसअनुसार तीन ठाउँमा यात्रु बोक्ने र दुई ठाउँमा कार्गोको चार्टर उडान भएकाे छ ।

याे हिसाबले अबदेखि नियमित उडान हुने सेक्टरमा कुवेत सिटी,सारजाह, क्वालालम्पुर,दोहा,दुबई,नयाँ दिल्ली,अबुधाबी परेका छन् । दक्षिण कोरियाको सोल र चीनको नानिङमा आज कार्गो चार्टर उडान हुनेछ ।

साउदी अरेबियाको रियाद र दम्माममा भने यात्रु बोक्ने चार्टर उडान हुने जनाइएको छ ।

टिप्पणीहरू