​नेपाल इन्भेष्टमेण्ट बैंक लि.-एनआईबिएल) र एस डेभलपमेण्ट बैंक लि. -एस)को संयुक्त कारोबार

नेपाल इन्भेष्टमेण्ट बैंक लि.-एनआईबिएल) र एस डेभलपमेण्ट बैंक लि. -एस) बीचको प्राप्ति प्रक्रिया पूरा भएपछि बिहीबार देखि नेपाल इन्भेष्टमेण्ट बैंक लि.को नाममा संयुक्त कारोबार सुरु गरेको छ । 

एसलाई एक सय बराबर ४१ शेयर स्वाप रेसियोमा खरिद गरे पछि एनआईबिएलको चुक्ता पूाजी रु ९.२४ अर्ब पुगेको छ ।  ८.७८ अर्ब चुक्ता पूाजी रहेको एनआईबिएलले एस थपिएपछि निजि क्षेत्रको सबैभन्दा बढी चुक्ता पूाजी बनाउने बैंकको पंक्तिलाई थप मजबुत बनाएको छ ।

एसको प्राप्ति पछि एनआईबिएलको संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत साविककै रहेको छ भने केन्दि्रय कार्यालय पनि एनआईबिएलको दरबारमार्ग स्थित कार्यालयलाई नै यथावत राखिएको छ । एसको प्राप्तिपछि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वर्साधारणको ३१ प्रतिशत भएको छ ।

एसको प्राप्ति पछि एनआईबिएलको कुल निक्षेप १ सय २४ अर्ब रुपैयाा पुगेको छ भने कूल कर्जा १ सय सात अर्ब पुगेको छ ,त्यस्तै पूजी पर्याप्तता अनुपात १३.९ प्रतिशत पुगेको छ । 

टिप्पणीहरू