ट्याक्टर दुर्घटनामा चालक बिते

ट्याक्टर दुर्घटनामा चालक बिते

ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एक जनाको मृत्यु भएको छ । थुलुङदुधकोशी गाउँपालिका ८, दिप्लीघाटमा ट्याक्टर सडकबाट तल खस्दा चालकको मृत्यु भएको हो ।

लु. ३ त ५४५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा उदयपुर कटारी घर भएका २५ वर्षीय रमेश राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा ट्याक्टरका सहचालक खोटाङ ऐसेलुखर्क गाउँपालिका ३, बस्ने १८ वर्षीय प्रदीप दाहाल घाइते भएका छन् ।

टिप्पणीहरू