एमाले र सभामुखको कुरो मिलेन

एमाले र सभामुखको कुरो मिलेन

दिउँसो ४ बजे शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष एमालेले नाराबाजी गरेपछि बैठक १५ मीनेटका लागि स्थगन भएकोमा अझै सुचारु हुन सकेको छैन ।

सभामुखले स्थगन गरेपछि भएको छलफलमा नेकपा एमाले र सभामुखबीच संसद बैठक सुचारु गर्ने सम्बन्धमा कुरो नमिलेको बताइएको छ । एमालेले चर्को कुरा गरेकाले सभामुख पनि सूचना टाँसेर संसद बैठक स्थगन गर्ने मुडमा पुग्नुभएको संसद सचिवालय स्रोतले जनाएको छ ।

एमालेका मुख्य सचेतक,सचेतक र सभामुखबीच भएको छलफलमा सहमतिको कुनै गुञ्जायस नदेखिएको स्रोतको दाबी छ । त्यसैले पुनः समय थप्नुभन्दा बरु सूचना टाँसेर स्थगित गर्ने मुडमा सभामुख पुग्नु भएको बताइन्छ ।

छलफलमा सहभागी एमाले नेताहरुलाई पनि सोही संकेत दिइएको सभामुख निकट स्रोतको दाबी छ ।

टिप्पणीहरू