भाँडभैलो मच्चाउन दलाल दगुरे भारततिर

भाँडभैलो मच्चाउन दलाल दगुरे भारततिर

सरकार फेरियो, तर बिचौलिया फेरिएनन् । बरु, तिनै बिचौलियाहरु अहिले सल्बलाउँदै–सल्बलाउँदै दिल्ली पुगेका छन् । जब–जब देशमा ठुल्ठूलो रकम–कलमका काम आइलाग्छन्, तब–तब सल्बलाउने दिपक भट्टहरु हुन्, अहिले फेरि चल्मलाएका ।

सरकारले निजी क्षेत्रलाई पुनर्वीमा कम्पनी खोल्न अनुमति दिएपछि अर्बौं रकम फाइदा हुने थप कामका लागि उनीहरु दिल्ली दौडाहामा लागेका छन् । गत वर्ष कोभिड संक्रमण नियन्त्रणका लागि जारी भएको लकडाउनमा थर्मल गन तस्करीमा रंगेहात पक्राउ परेका व्यापारी सुलभ अग्रवालहरुसँग दिपक भट्टसहितका बिचौलियाहरु अहिले काम गरिरहेका छन् । पहिला काठमाडौं रिइन्स्योरेन्स कम्पनीले १५ अर्बको लगानी प्रतिवद्धतासहितको निवेदन वीमा समितिमा पेश गरेको थियो ।

भट्टहरुले भारतीय कम्पनीलाई दिइएको ६७९ मेगावाट जडित क्षमतायुक्त तल्लो अरुण जलविद्युतको स्थानीय एजेन्सी हात पारेका छन् । भारतको केन्द्र र हिमाञ्चल प्रदेश सरकारको लगानी रहेको सतलज जलविद्युत निगम लिमिटेड (एसजेभियन) सँग उनीहरुको समझदारी भएको छ । त्यही कम्पनीले ९ सय मेगावाट जडित क्षमताको अरुण तेस्रो परियोजनामा पनि काम गरिरहेको छ ।

तल्लो अरुणमा ६ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य छ भने १ दशमलव २ बिलियन डलर लगानी हुन्छ । ९ सय मेगावाटको माथिल्लो कर्णालीको काम पनि भारतीय कम्पनी जिएमआरले ठेक्का पाएको छ । अहिले कर्णालीको म्याद बढाउनुपर्ने अवस्था छ । म्याद गुज्रिएको एक वर्ष भइसक्यो । त्यसमा पनि बिचौलियाहरु पैसा खाने धन्दामा सक्रिय छन् । यसमा १ दशमलव ५८ बिलियन डलरको लगानी छ ।

यो पहिला दिनेशलाल श्रेष्ठहरुको लगानीमा थियो, अहिले भट्टहरुले हात पार्दै छन् । र, यी सबै चाँजोपाँजो मिलाउन सानो भट्ट दिल्ली पुगेका छन् ।

टिप्पणीहरू