कोरोनाको संक्रमणदर घट्दो, निको हुनेको संख्या बढी

कोरोनाको संक्रमणदर घट्दो, निको हुनेको संख्या बढी

आज कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ४० जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो उक्त अवधिमा ९ हजार ७ सय ६७ जनामा पीसीआर तथा ३ हजार ६ सय ८८ जनामा एन्टिजेन गरी १३ हजार ४ सय ५५ जनामा परीक्षण गरिएको थियो ।

यसबीचमा २ हजार १ सय ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्राप्त पछिल्लो विवरणअनुसार मुलुकभर अझै पनि २९ हजार ४ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू