नेकपा एसकाे नेतृत्वमा पुराना वामपन्थी नेता राममणि पाेखरेल

नेकपा एसकाे नेतृत्वमा पुराना वामपन्थी नेता राममणि पाेखरेल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) उदयपुरले कम्युनिस्ट नेता राममणि पाेखरेललाई अध्यक्षकाे जिम्मेवारी दिँदै जिल्ला संगठन कमिटीकाे घाेषणा गरेको छ । यसअघि नेकपा एमाले समानान्तर कमिटीकाे रूपमा रहेका सबै तहका समिति नेकपा एकीकृत समाजवादीका रूपमा रूपान्तरण भएको घोषणा गरिएको छ ।

पार्टी अन्तरसंघर्षकाे क्रममा उदयपुरमा २०७७ साल चैत २२ गते समानान्तर कमिटी गठन भएको थियोे । आज बसेकाे जिल्ला कमिटीको बैठकले अध्यक्ष ईश्वरमणि राउतलाई जिम्मेवारीबाट हटाएर अध्यक्षका रूपमा राममणि पाेखरेललाई चयन गरेको हो ।

अध्यक्ष पाेखरेलले नेकपा एमालेको २६ वर्षअघि सचिवकाे जिम्मेवारी सम्हाल्नु भएको थियो । उदयपुरको कम्युनिस्ट पार्टीको संस्थापकसमेत रहेका पाेखरेल साहित्यकारका रूपमा समेत परिचित हुनुहुन्छ ।

पत्रकार सम्मेलनमा दिईएकाे जानकारीअनुसार जनताको बहुदलीय जनवादका आधारभूत विचारहरूको नेतृत्व गर्ने, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गर्ने तथा मुलुकलाई समृध्दिको दिशामा डोहोर्याउने सच्चा कान्तिकारी विचारको प्रतिनिधित्व नेकपा एकीकृत समाजवादीले गरेको छ ।

बैठकले नेकपा एकीकृत समाजवादी उदयपुर जिल्ला कमिटी जिल्लाका सम्पूर्ण कार्यकर्ताहरू दक्षिणपन्थी, विसर्जनवाद,प्रतिगमनकारी विचार र चरित्र, संगठनात्मक अराजकता, स्वेच्छारिताका विरूध्दमा उभिएर असल कम्युनिष्ट पार्टी निर्माण गर्न पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दछ र एकीकृत समाजवादीमा समाहित हुन हार्दिक आव्हानसमेत गरेको छ ।

भेलाले असोज ३ गते आमभेला समेत आयोजना गर्ने निर्णयसमेत भएको छ । कार्यक्रममा एसका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा,केन्द्रीय सदस्य बलदेव चौधरीलगायत प्रदेश तथा जिल्ला कमिटीका सदस्यसमेतको उपस्थिति रहेको थियोे ।

बैठकले नेकपा एकीकृत समाजवादी नेकपा एमाले कानूनी रूपमा विभाजित भएको राजनीतिक दल भएको जानकारी गराउँदै नेकपा एमालेका सबेै असल,ईमान्दार,क्रान्तिकारी तथा ओली प्रवृतिका विरूद्धमा उभिएका नेता, कार्यकर्तालाई नेकपा एकीकृत समाजवादीमा समाहित भई कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न हार्दिक आव्हानसमेत गरेको छ ।

टिप्पणीहरू