आज संसद अवरुध्द हुुने सम्भावना बढ्यो

आज संसद अवरुध्द हुुने सम्भावना बढ्यो

प्रमुख विपक्षी दल एमालेले आज बोलाइएको प्रतिनिधिसभाको पहिलो बैठक नै चल्न नदिने सम्भावना बढेको छ । कि टोपबहादुरलाई पनि ल्याऊ,होइन भने १४ भाइलाई पनि बाहिर हुर्याऊ भन्दै एमालेका सभासद्ले रोष्ट्रम घेर्ने सम्भावना देखिएको हो ।

संसदको सबैभन्दा ठूलो दलले १४ जना सांसदलाई कारबाही गरेको निवेदनलाई समय छउञ्जेल दराजमा थन्काएर सभामुखले दल विभाजन गराएको आक्रोश आज पोख्ने स्रोतले बताएको छ । स्रोतले भनेको छ, ‘सभामुख र मुख्य विपक्षी दलबीच टकरावको शिकार आजबाट संसदको बैठक बन्ने छ ।’

“कि टोपबहादुरलाई ल्याऊ,होइन भने १४ भाइलाई पनि बाहिर हुर्याऊ भन्दै एमालेका सभासद्ले रोष्ट्रम घेर्ने सम्भावना देखिएको हो ।”

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले यसको छनक केही दिन अघिदेखि दिइसक्नुभएको छ । पार्टीले कारबाही गरेर पद रिक्त गर्न सभामुखलाई सिफारिस गरेका सांसदहरु संसदमा उपस्थित भएसम्म एमालेले संसद चल्न नदिने बताइसकेको छ ।

“एमालेले आजदेखि सभामुख सापकोटालाई कि पार्टी रोज्न कि पद रोज्न चुनौती दिनेसमेत बताएको छ ।”

अहिलेकै अवस्थामा अग्नि सापकोटालाई सभामुख मान्न नसक्ने एमालेका एक जना सांसदले जनआस्थालाई बताएका छन् । उनी भन्छन्, ‘सभामुख सापकोटाले कि टोपबहादुर रायमाझीहरुलाई पनि पुनर्स्थापित गर्नुपर्छ कि एमालेले कारबाही सिफारिस गरेकालाई पनि पदमुक्त गर्नुपर्छ । होइन भने पार्टीको नेताभन्दा माथि उठ्न नसकेका सापकोटालाई सभामुख मान्न सकिँदैन ।’

एमालेले आजदेखि सभामुख सापकोटालाई कि पार्टी रोज्न कि पद रोज्न चुनौती दिनेसमेत बताएको छ ।

टिप्पणीहरू