मंगोलियामा खोपको तेस्रो मात्रा धमाधम

मंगोलियामा खोपको तेस्रो मात्रा धमाधम

गत फेबु्रअरी महिनादेखि कोरोना महामारीविरुद्धको खोप अभियान थालेको मंगोलियाले तेस्रो मात्राको खोप लगाउन थालेको छ । गत अगष्ट महिनादेखि शुरु भएको तेस्रो मात्राको खोप अभियानमा पहिले ६५ वर्ष उमेर माथिका वृद्ध उमेरका नागरिकलाई प्राथमिकता दिइएको छ । आगामी अक्टोबरदेखि सबैलाई तेस्रो खोप लगाउने बताइएको छ ।

कोरोनाको डेल्टा भेरियन्ट देखिएपछि मंगोलियाले नागरिकलाई सुरक्षित तुल्याउन तेस्रो बुस्टर डोज लगाउन थालिएको बताइएको छ । यसअघि मंगोलियामा चिनियाँ भेरोसिल, रुसी स्पुतनिक र बेलायती अस्ट्राजेनिका खोप लगाइएको थियो । तर अहिले तेस्रो खोप चाँही अस्ट्राजेनिकाको मात्र लगाउन थालिएको हो ।

मंगोलियाले यसअघि १८ वर्ष माथि उमेरका २० लाख ६७ हजार नागरिकलाई दुई मात्रा खोप लगाइसकेको छ । गत जुन महिनामा मंगोलियामा १२ देखि १७ वर्ष उमेरका झण्डै ३ लाख बालबालिका तथा किशोर किशोरी र गर्भवतीलाई पनि खोप लगाइसकेको छ ।

टिप्पणीहरू