लाख लाख विटा सहित भेटिए भारतिय ठिटा

लाख लाख विटा सहित भेटिए भारतिय ठिटा

चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ११ लाख नेपाली रुपैयाँ सहित १ युवक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल हावडा घर बताउने १९ वर्षीय शोविक आदकलाई उक्त रकम सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा उक्त रकम सहि पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा बसमा सवार आदकलाई झोलामा लुकाइ ल्याएको उक्त स्रोत नखुलेको नगद सहित फेला पारीएको प्रहरीले जनाएको छ। आदकलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी प्रभाग नागढुङ्गा लगीएको छ ।

टिप्पणीहरू