​सम्पत्ति मानिने स्तन

अरुले भन्दा डेनिस महिला आफ्नो स्तनलाई सबैभन्दा ठूलो सम्पत्ति मान्छन् । वेभसाइट भिक्टोरिया मिलानले अनलाइनमार्फत १० लाख महिलामाझ सर्वेक्षण गर्दा सो नतिजा निस्केको हो । डेनिस २८.१ प्रतिशतले स्तनलाई महŒवपूर्ण स्त्री अंग मान्ने गरेको सर्वेक्षणले प्रष्ट्याएको छ । दोस्रोमा स्विडिस, तेस्रोमा ब्रिटिश र चौथोमा ग्रिक महिला परेका छन् । २५.३ प्रतिशत ग्रिकले स्तनलाई महŒव दिएका छन् । तथ्यांकमा अमेरिका १५ औं, क्यानाडा १८ औं र चेक ९.२ प्रतिशतका साथ १९ औं स्थानमा छन् । ८.९ प्रतिशत दक्षिण अफ्रिकीले मात्र स्तनलाई महŒव दिने गरेको देखियो । उनीहरु स्तनलाई भन्दा नितम्बलाई शरीरको प्रमुख हिस्सा मान्छन् ।

टिप्पणीहरू