​एउटा टोकाइको मूल्य

झिंगाजस्तो कालो रंगको सानो किराले टोकेपछि क्यानाडेली डेब्रोह स्यारेटले दुइटै स्तन गुमाएकी छन् । ओक्टारियो निवासी उनी स्तनमा किराले टोक्नेबित्तिकै स्थानीय जिल्ला स्वास्थ्य कार्यालयमा जँचाउन गइन् । चिकित्सकले २४ घण्टाभित्र दुवै स्तन काटेर नफाले ज्यान जाने बताएपछि श्रीमान–श्रीमती स्यारेट डराए । तत्कालै म्यास्टेकटमी (स्तन निकाल्ने शल्यक्रिया) गरी डेब्रोहको ज्यान बचाइयो । चिकित्सकले किराले मासु खाने जीवाणु शरीरमा सारेको बताएका छन् ।

टिप्पणीहरू