शरीर पोको पार्दै सञ्चो

जापानीहरुमा बहुलठ्ठीपन हावी हुँदै गएको छ । टोकियोका एकजना कलाकार हारुहिको कावागुचीले कपडामा आफ्नो शरीर पोको पारेको फोटो के सार्वजनिक गरेका थिए । सबैले त्यसै गर्न थाले । अब हुँदाहुँदा शरीर पोको पार्ने एउटा चिकित्सा पद्धति नै बन्यो । मांसपेशी र ढाडको दुखाइबाट मुक्ति पाउने र नितम्बको भाँचिएको हड्डी जोड्ने काममा यो पद्धति काम लाग्ने प्रचार गरिएको छ । युवाले तनावबाट मुक्ति पाउन पनि यस्तो गराउन थालेका छन् । चिकित्सकले निस्सासिने गरी शरीरलाई कपडाले पोको पारेर तलमाथि, दायाँबायाँ हल्लाउँछन् । यो पद्धतिको विकास क्योटो निवासी वातानाबे नाउँकी नर्सले गरेको भनिन्छ ।

टिप्पणीहरू