महन्थ ठाकुरहरुतिर देशभरबाट के,कति ?

महन्थ ठाकुरहरुतिर देशभरबाट के,कति ?

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा हिजो साँझ ५ बजेसम्म जनता समाजवादी पार्टी परित्याग गर्दै ३५ जना सांसदले नयाँ बाटो रोजेका छन् । त्यसरी नयाँ बाटो रोज्नेमा पार्टी केन्द्रीय कार्यकारिणी समितिका १७ जना पनि छन् ।

जसअनुसार संघीय सांसदमा रेशम चौधरीसहित १५ जना,प्रदेश नम्बर २ मा १६ जना,लुम्बिनी प्रदेशमा ३ जना,सुदूर पश्चिममा १ जना सांसद रहेका छन् ।

स्थानीय तहतर्फ सप्तरीमा ९६ जना,सिरहामा १२ जना,धनुषामा १ सय ९ जना,महोत्तरीमा २ सय ५८ जना,सर्लाहीमा १३७ जना, रौतहटमा ८८ जना,बारामा १ सय ३८ जना,पर्सामा २८ जना, रुपन्देहीमा २० जना र कपिलवस्तुमा १ जना जनप्रतिनिधिले नयाँ पार्टी रोजेको स्रोतले बताएको छ ।

टिप्पणीहरू