९ जना मिलेर १६ वर्षीया बालिका बलात्कार

९ जना मिलेर १६ वर्षीया बालिका बलात्कार

सुर्खेतमा ९ जना बयस्क मिलेर १६ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । उनीहरुलाई पश्चिम सुर्खेतको बाबियाचौरबाट पक्राउ गरिएको छ । बालिकाका आफन्तले बलात्कारको उजुरी दिएपछि इलाका प्रहरी कार्यालयले आरोपित सबैलाई पक्रेको हो ।

पक्राउ पर्नेहरुमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी, प्रेमबहादुर शाही र एक जना नाम नखुलेको शाही थरका हुन् ।

बालिकालाई पटक–पटक विभिन्न व्यक्तिबाट ठाउँठाउँमा बलात्कार भएको उजुरीको आधारमा प्रकाउ गरिएको इलाका प्रहरी कार्यालय, बाबियाचौरका प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिनुभयो ।

बालिकाका अनुसार उनीहरुले आफूलाई चकलेट, बिस्कुट, चाउचाउ र पैसा दिने प्रलोभनमा फकाउँदै उक्त कार्य गरिएको थियो ।

थप अनुसन्धानको लागि उनीहरुलाई सदरमुकाम वीरेन्द्रनगर पुर्याइएको र जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ ।

टिप्पणीहरू