सांसद विरोध खतिवडाको जिल्लामा ३९ जना जनप्रतिनिधिले रोजे नेकपा (एस)

सांसद विरोध खतिवडाको जिल्लामा ३९ जना जनप्रतिनिधिले रोजे नेकपा (एस)

दल फुटाउने अध्यादेशपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा मकवानपुरका ३९ जना जनप्रतिनिधि पहिचान भएका छन् । निर्वाचन आयोगले गएको भदौ १५ गतेदेखि २२ गते मंगलबार ५ बजेसम्ममा दल रोज्नका लागि दिएको समयावधिभित्र मकवानपुरमा दुईजना गाउँपालिका अध्यक्ष, एकजना उपमेयर,एकजना उपाध्यक्षसहित ३९ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।

समाजवादीमा सनाखत गर्नेहरुमा कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तान,ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा, हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामा र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टसहित वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु रहेका छन् ।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद बिरोध खतिवडाको गृहजिल्लामा तत्कालीन नेकपा एमाले पनि माधव नेपाल पक्षधरकै नेतृत्व थियो । जिल्ला अध्यक्ष मुनु सिग्देलको नेतृत्वमा रहेको जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी) मा रुपान्तरित भएको छ । सिग्देल अहिले समाजवादीमा केन्द्रीय सदस्य रहनु भएको छ भने जिल्ला अध्यक्षमा श्रीधर पोखरेललाई चयन गरिएको छ ।

टिप्पणीहरू