​लाज नपचाऊँ न ए हजुर !

सेनाको स्वर्ग मानिने सम्भाररथी कार्यालयमा पूर्णचन्द्र थापाको ज्वाइँ पृतना नचलाई त्यहीँबाट घर जाने सोचमा छन् । कल्याणकारी, शान्तिसेना, नीति योजना र युद्धकार्य, सैनिक सचिव, पेट्रोल पम्पमा, वी.शा.ता.के.मा, वि.नि.नि.म.मा यस्तै छ ।

अहिले बाहिनी र ८ महिनापछि विदेश पोष्टिङ पनि यिनैलाई दिइन्छ । चिफको ड्राइभरदेखि जुत्ता मोल्नेसम्मलाई नियम नलाग्ने, २४ घण्टा सेवामा खट्टिने सैनिकलाई शान्तिसेना, तालिममा जान, प्रमोसन हुन नियम चाहिने ? केका लागि ब्यारेक निरीक्षण ? शान्तिसेनाका पतिले गरेको कुकर्म, ज्यादति र अत्याचार कसले हेर्ने ? सिपाहीको डलर काटेर, भए÷नभएको नियम बनाएर पतिले जर्नेल–कर्णेल र चिफसाबलाई उपहार किन्ने नियम कहाँ छ ? एकपटक फर्किंदा पतिले चिफ र हाकिमलाई गाडीका गाडी रक्सी र उपहार दिन्छन्, राम्रो र चाँडो तालिम र प्रमोसन पाउन । लेडिज सिपाहीलाई यौन दुव्र्यवहार गर्ने, आफ्नो बसमा पार्ने काम किन रोकिन्न ? म.से. अनिल खड्काबारे थाहा छैन कि थाहा नपाएझैं गरेको ? पूर्वमहारथीको धर्मज्वाइँ भनेर वास्ता नगरेको ? उल्टै प्रमोसन र कोर्स क्याडेटमा ? 

वीरेन्द्र शान्ति तालिम केन्द्रका सुवेदार मिठुराम वि.क.को सुवेदार मेजरका लागि प्रमोसन आएको वा सिफारिस गरिएको छ कालिज मार्ने र घर–घर पठाउने, मैना सुनुवार काण्डमा विदेश थिएँ भनेर बच्नलाई झुटो सिफारिस गर्न लगाउनेको मात्रै उन्नति ? त्यस तालिम केन्द्रबाट पदिक भुपाल बस्नेत, हरि श्रेष्ठ, यामबहादुर बस्नेत, सेतु बुढाथोकी, प्रेम श्रेष्ठ हटिसके तर कसरी बचे त मीठुराम, जो मैना सुनुवार काण्डमा राति समातेर ल्याउने बेला ब्यारेकमै थिए । काम गर्ने सिपाही, तक्मा र मेडल लगाउने जर्नेल र हेडक्वार्टर बस्ने अधिकृत ? हस्पिटलमा लुट, पेट्रोल पम्पमा लुट, कल्याणकारीको पैसामा घोटाला, स्कुलमा लुट, तालिम प्रमोसनमा लुट, आफन्तलाई कसरी हुन्छ माथि ल्याउन छुट ?

– पीडित परिवार र भूपू सैनिक

टिप्पणीहरू