प्रधानमन्त्रीको पुत्ला जलाउँदै भनियो ‘कठपुतली सरकार मुर्दावाद’

प्रधानमन्त्रीको पुत्ला जलाउँदै भनियो ‘कठपुतली सरकार मुर्दावाद’

एमाले निकट अनेरास्ववियुले वर्तमान सरकारविरुद्ध चर्को नाराबाजी गरेको छ । आज साँझ रत्नराज्य क्याम्पसमा अखिलले आयोजना गरेको कार्यक्रममा यसअघि गिरफ्तार भएका ३ जना विद्यार्थी नेताहरुको रिहाईको माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहन र नाराबाजी गरिएको हो ।

अखिलका धर्मेन्द के.सी., प्रकाश बुढा र विमल मल्ल ठकुरीको रिहाइको मागसहित आरआर क्याम्पसका विद्यार्थी नेता उज्ज्वल खड्काको नेतृत्व विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेर विभिन्न नाराबाजी गरेका हुन् ।

उनीहरुले अनेरास्ववियु जिन्दावाद, कठपुतली सरकार मुर्दावाद, शेरे चोर देश छोड, शेरे तेरो पाराले दुःख पायो सारालेलगायतका चर्को नाराबाजी गरेका थिए ।

टिप्पणीहरू