तराईका जिल्लामा लागुऔषध र कारोबारी छप्छ्याप्ती

तराईका जिल्लामा लागुऔषध र कारोबारी छप्छ्याप्ती

पर्सा, बाँके, सिरहा र रौतहटमा लागुऔषध कारोबारीहरुको बिगबिगी बढेको छ । ती जिल्लाबाट प्रहरीले लागुऔषध सहित ७ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जको शंकराचार्य गेटबाट लागुऔषधसहित तनहुँको डुम्रे नगरपालिका–१ बस्ने २० वर्षीय बुद्धिबहादुर तामाङ र डुम्रे नगरपालिका–२ बस्ने २५ वर्षीय रमेश केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्धीबहादुरको साथबाट १५ ट्याब्लेट नाईट्राभेट, १३ एम्पुल फेनारगन, १३ एम्पुल डाईजेपाम र १३ एम्पुल नुर्फिन फेला परेको हो ।

त्यसैगरी रमेशको साथबाट १३ एम्पुल फेनारगन, १३ एम्पुल डाईजेपाम र १३ एम्पुल नुर्फिन फेला परेको प्रहरीले जनाएको छ ।

उता नेपालगञ्ज उपमहानगरपालिका–१५, जमुनाहबाट ब्राउन सुगर ३ ग्राम ६ मिलिग्राम र ट्रामाडोल १८ ट्याब्लेटसहित दाङको घोराही उपमहानगरपालिका–१ का २२ वर्षीय सौगात पुन र २१ वर्षीय प्रवीण विकलाई पक्राउ गरेको छ ।

सिरहाको सिरहा नगरपालिका–१७, कालीचोकबाट ६६ ट्याब्लेट नाईट्राभेटसहित कल्याणपुर नगरपालिका–२ बस्ने २० वर्षीय अजितकुमार मुखिया र १८ वर्षीय किशोर रहेका छन् ।

रौतहटको राजपुर नगरपालिका–५ गोलाचोकबाट पनि १० ट्याब्लेट नाईट्राभेट र करिब १० ग्राम गाँजासहित स्थानीय ३५ वर्षीय सफिउला खाओलाई प्रहरीले पक्राउ गरेको छ ।

टिप्पणीहरू