कोरोनाको संक्रमणदर घट्दो,निको हुने बढी

कोरोनाको संक्रमणदर घट्दो,निको हुने बढी

आज कोरोना संक्रमणका कारण २१ जनाले ज्यान गुमाएका छन् भने थप १ हजार ६ सय ७७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १ सय ११ जनामा पीसीआर तथा ३ हजार ९ सय २३ जनामा एन्टिजेन गरी १५ हजार ३४ जनामा परीक्षण गरिएको थियो ।

यसबीचमा २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । प्राप्त पछिल्लो विवरणअनुसार हाल मुलुकभर ३० हजार ३ सय ३ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू