कमरेडहरूलाई अन्तर्घातीले हराएका कु « Jana Aastha News Online
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022

कमरेडहरूलाई अन्तर्घातीले हराएका कु

प्रकाशित मिति :  १ श्रावण २०७४, आईतवार १८:२५


माओवादी हेडक्वार्टरलाई लागेको रहेछ कि, दोस्रो चरणको स्थानीय निर्वाचनमा ६० देखि ७० सम्म ठाउँ जित्ने । तर, यो बुझाई खुम्चिएर आधामा झरेको छ । यसरी आशा गरेजति परिणाम नआउनुमा उसले उपल्लो तहका नेताहरु तल–तलसम्म नखट्नुलाई कारक मानेको छ ।

हुन पनि प्रचण्डबाहेक शीर्ष नेतृत्व मैदानमा उति देखिएनन् । पहिलो चरणलगत्तै केन्द्रीय हस्तक्षेप पुगेन भन्ने निश्कर्ष निकाल्दै सबै मैदानमा खट्ने निर्णय गरेकोमा त्यो निर्णय २५ प्रतिशत पनि कार्यान्वयन भएन । यसलाई नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा (बादल), पम्फा भुषाल, गिरिराजमणि पोखरेलहरु नै मैदानमा नदेखिएको कतिपयको निश्कर्ष छ । सरकारमा बसेर पार्टीले प्रदर्शन गरेकौ भूमिका, दोस्रो चरणअगावै सरकारको नेतृत्व हस्तान्तरण, पहिलाको कामको अनुभवजस्ता सकारात्मक भूमिका पनि काम लागेन भन्ने उसको ठम्याई छ । त्यसमाथि केन्द्रले निर्वाचन परिचालनका नाममा तल पठाएकौ पैसा बीचमै गायव हुने, ठाउँमा नपुग्ने अर्को विकराल रोग देखियो । एक प्रदेशबराबर एक करोड पठाइएको स्रोतले जनाएको छ । ‘एक करोडभन्दा बढी पठाउन सकिन्न, बाँकी तलै म्यानेज गर्नु’ भन्ने सन्देश गएको थियो । तर, धैरेजसो पैसाचाहिँ काठमाडौंबाट लिएर जाने आफैँले ‘म्यानेज’ गरेको बताइन्छ । 

पहिलो र दोस्रो चरणमा गरी प्रचारको निम्ति सात करोड रुपैयाँ छुट्टयाइएको थियो । तर, प्रचार विभागले आशाबमोजिम काम नगरेको ठहर गरिएको छ । गोपाल किराँती नेतृत्वको १ नं. प्रदेशमै २५ प्रतिशत तह जित्ने आँकलन अन्ततः १५ प्रतिशतमा खुम्चिएको छ । प्रदेश ५ को रोल्पामा एउटा तह गुम्ने बुझाइ थियो । तर, अनुमानविपरित तीन तह खेर गयो । कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दबहादुर पुन, ओनसरी, जयपुरी घर्ती देखि अनेकन माओवादी नेताको भूमिमा हालत त्यस्तो भयो । प्रदेश ७ मा खगराज र लेखराज गरी दुई भट्टको टकरावका कारण कांग्रेससँग समीकरण गरेर चुनावमा जाँदा पनि परिणाम राम्रो आएन । गाउँतहसम्मै एमालेसँग दूरी बढ्यो । 

कांग्रेसले पिपलको बोटमुनी बसेर भोट मागे पनि दिनेले दिएकै छन् । कम्युनिष्टहरुलाई मोटरसाइकलदेखि अनेकखालका ¥याली र सभा गर्नुपर्छ । त्यही पनि आफू आफैँमा मारामार गरेर कसरी सकिन्छन् भन्ने नमुना पनि हो, सुदूरपश्चिमको परिणाम ।

एमालेतिर हेरौँ, झण्डै–झण्डै कुरा उस्तै छ । प्रदेश ४ का इञ्चार्ज किरण गुरुङ हुन् । ०६४ मा एमाले तेस्रो पार्टी बन्दा पनि किरण र टुकराज सिग्देलले ०४८ मा जितेको ठाउँ हो, तनहुँ । तर, यसपालि किरणको वडा, खैरेनीटार– ८ मा एमाले हा¥यो । उपाध्यक्ष भीम रावल कमाण्डको प्रदेश ७ अन्तर्गत पनि उनकै जिल्ला अछाममा गतिलो परिणाम आएन । १ नं. प्रदेशका संयोजक भीम आचार्यको जिल्ला सुनसरीका १२ मध्ये एमाले जम्मा तीन तहमा थन्किनुप¥यो । चुरिफुरी गरेरमात्र नहुँदो रहेछ, ७ नं. प्रदेशका सहइञ्चार्ज कर्ण थापाको जिल्ला बाजुरामै पार्टी लाजमर्दोसँग चिप्लियो । शेरधन राई पनि १ नं. प्रदेशका सहइञ्चार्ज ।

यसपालि भोजपुर सदरमुकामसहित शेरधनको वडामै एमाले साफ भएको छ । एमाले शीर्ष नेताहरु आ–आफ्ना ठाउँमा निक्कै लागेकै हुन् । जस्तो कि, केपी ओली झापामा ढुक्कैले बसे । उपाध्यक्ष वामदेवलै प्युठान र बर्दिया गरी आधा–आधा समय दिएर भए पनि दुबैतिर भ्याए । तर, अध्यक्ष र उपाध्यक्ष बसी–बसी भएको चुनावमै पनि एमालेका अन्तर्घाती डराएनन्, कतिपय पकड क्षेत्रमा पार्टीलाई सिध्याएर छाडे । गुल्मीमा प्रदीप ज्ञवाली, गोकर्ण विष्टहरु आफैँ पुगे । उपमहासचिव घनश्याम भुषाल, विष्णु पौडेलहरु बुटवलमा, शंकर पोखरेल दाङमा ढुक्कैले बसे । सचिव योगेश भट्टराई ताप्लेजुङमा, सुरेन्द्र पाण्डे चितवनमा पूरै लागेर सक्नेसम्मको परिणाम दिएकै हुन् ।

झापामा जिल्ला अध्यक्ष र सचिव नै हारे । अध्यक्ष चिन्तन पाठकले बुद्धशान्ति  गाउँपालिकामा हारे । त्यहाँ ६ सय ४३ मतान्तरले कांग्रेसले जित्यो । तर, त्यही गाउँपालिकामा एमालेले उपमेयर जित्यो । एमालेकी मीरा भूर्तेलले सात हजार चार सय ५७ मत पाइन् । त्यहाँ एमालेबाट खडानन्द वाग्ले, लक्ष्मी सुवेदी, लक्ष्मी राईहरु आकांक्षी थिए । त्यसमध्ये वाग्लेलाई उठाउने कुरामा सबैको सहमति पनि भएको हो । तर, अन्तिममा चिन्तनले टिकट पाउँदा हार भयो । त्यस्तै, मेचीनगरमा ६४ वर्षीय विष्णु प्रसाईंलाई टिकट दिइयो । अध्यक्ष ओलीका राजनीतिक सहकर्मी उनलाई ओलीले नसक्ने भए नउठ्नु भनेका थिए । तर, उठिछाडे । उनलाई नेपाली कांग्रेसका विमल आचार्यले १३ सय ५४ मतले पछारे । त्यहाँ पनि उपमेयरमा एमालेकी मीना उप्रेतीले जितिन् । गोपाल बुढाथोकी दावेदार थिए । तर, अहिलेसम्म खासै अवसर नपाएको नाममा प्रसाईंलाई उठाइयो । जिल्ला सचिव मदन अधिकारीलाई गौराहदमा कांग्रेसका रोहित साहले चार सय ५४ मतले हराए ।

उपमेयरमा एमालेकी गीता भेट्वालले जितिन् । अग्नी खरेल, हिक्मत कार्की, दीपक कार्कीजस्ता एमाले हस्तीको उक्त नगरपालिकामा एमालेले हारेको यो पहिलो रेकर्ड हो । कांग्रेसबाट जित्ने साह राजनीतिमा उति सक्रिय व्यक्ति हैनन् । धरानमा औषधी पसल चलाएर बस्ने उनले एमालेभित्रको अन्तर्घातकै कारण जित्ने मौका पाएका हुन् । तर, भद्रपुरको उपमेयरमा उपसचिव चन्द्रा श्रेष्ठले जितिन् । त्यहाँ मेयरसहित एमालेले जितेको हो । उपाध्यक्ष तथा सांसद दीपक कार्कीले पहिल्यै पदबाट राजीनामा दिएका छन् । उनका भाइ हुन्, केन्द्रीय सदस्य, मेची इञ्चार्ज युवा नेता हिक्मत कार्की । उनले पनि गौरादहको मेयर उठ्न चाहेका थिए । कुरा नमिल्दा छत्रपतिलाई अगाडि सारे । तर, टिकट मदनले पाए । केपीले पार्टी नेतासँग भनेका छन्, ‘खानेबेलामा अभागीलाई रिस उठ्ने उखान मेचीनगर र गौरादहको हकमा मिलेको छ ।’

०६४ र ०७० को संविधानसभामा दीपक कार्कीले हजार भोटले जितेका पाँच गाविस समेटेर अहिले नगरपालिका बनाइएको हो । यसपालि तीन वडा गन्दा चार सय मतले उपमेयर मेयरभन्दा अगाडि भइन् । मेयर ६१ भोटले तल हुनु भनेको अन्तर्घात नै हो भन्ने स्थानीय एमालेको बुझाई छ । मधेसीले भोट हालेनन् भन्ने हो भने माओवादीले अर्पणा राजवंशीलाई उठाएको थियो । उनले पनि भोट पाइनन् । 


प्रतिक्रिया दिनुहोस !