वाइसीएलले बल्ल नेता भेट्टायो

वाइसीएलले बल्ल नेता भेट्टायो

योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकले संयोजक र सह–संयोजक तोकेको छ । अघिल्लो साता राजधानीमा सम्पन्न राष्ट्रिय भेलाले पदाधिकारी चयन गर्न नसकेपछि केन्द्रीय समिति बैठकबाट नेतृत्व टुङ्ग्याउने जनाइएको थियो । आज बसेको केन्द्रीय समिति बैठकले संयोजकमा सुमन देवकोटा ’अब्दुल’ र सह–संयोजकमा सुबोधराज सेर्पालीलाई जिम्मेवारी दिएको हो ।

वाईसीएल नेपालले पहिलेको परम्परालाई तोड्दै यस पटक देवकोटा र सेर्पालीलाई जिम्मेवारी दिने निर्णय गरेको हो । भेलाले पदाधिकारी टुङ्ग्याउने तयारी अन्तिम चरणमा पुर्याए पनि पार्टी नेतृत्वको हस्तक्षेपछि केन्द्रीय समितिको निर्णयबाट उक्त निर्णय गरिएको बताइन्छ ।स्रोतका अनुसार संयोजक सुमन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवनका हुन् । प्रचण्डले आगामी निर्वाचनलाई ध्यानमा राखेर देवकोटालाई संयोजकको जिम्मेवारी दिएको वाईसीएलका एकथरिले आरोप लगाएका छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि गणेशमान पुन ‘रश्मी’ को नेतृत्वमा गठन भएको वाईसीएल नेपालले तत्कालीन महासचिव रामचन्द्र (आरसी) शर्मा ‘विज्ञान’ लाई अध्यक्षको जिम्मेवारी दिएको थियो । त्यसपछि आरसीको नेतृत्वमा महासचिव रहेका रामप्रसाद सापकोटा ’दिपशिखा’ ले वाईसीएलको नेतृत्व पाएका थिए । यो पटक भने उपाध्यक्ष सुमनले संयोजकको जिम्मेवारी पाएका छन् ।

टिप्पणीहरू