सत्ता साझेदारहरु बिच रुकुममा लफडा

सत्ता साझेदारहरु बिच रुकुममा लफडा

देशभर यतिबेला नेपालीकाँग्रेस महाधिवेशनको कार्यक्रमहरु भैरहेका छन् । वडास्तर देखि नै नेतृत्वचयनको कार्यमा काँग्रेस जुटिरहेको छ । तर, केन्द्रमा सत्ता साझेदारी गरेको माओवादीले भने रुकुममाअधिवेशनको कार्यक्रममा सहभागिभएको भन्दै काँग्रेस कार्यकर्ता माथी आक्रमण गरेको छ ।

२० गतेकादिन रुकुमपश्चिमको चौरजहारीमाभएको नेपालीकाँग्रेस नगर समितिको कार्यक्रमबाट फर्कदै गर्दा बाटोमा नेपालबिद्यार्थी संघका नेताहरु दिपेश ओली र दिलबहादुर ओलीलाई ज्यानमार्ने उद्धेश्यले आक्रमण गरेर घाईते बनाएको काँग्रेस रुकुमले जनाएको छ । दुबै जनाको अहिले चौरजहारी अस्पतालमाउपचार भैरहेको छ । घटनाको बिरोधगर्दै आजमंगलबार नेपालीकाँग्रेस चौरजहारीले चौरजहारी बन्दको आह्वान गरेको छ । माओवादीको युवा संगठन वाईसियलका चौरजहारी नगर अध्यक्षलालबहादुर कटुवाल सहित ८ जनाको समुहलेज्यानमार्ने उद्धेश्यका साथदिपेश र दिलबहादुर माथी आक्रमण गरेर भागेकोले उनीहरुको पक्राउ र कारबाहिको मागगर्दै बन्दको आह्वान गरिएको नेपालीकाँग्रेस चौरजहारीकानगर सभापति परमेश्वर भण्डारीले बताए ।

उनले घटनामा संलग्नहरुलाई स्थानीय सरकारले लुकाएर राखेको आरोप लगाए। उनकाअनुसार आजयहाँका सार्वजनिकयातायात, व्यापार व्यवसाय, शैक्षिक सस्था र सम्पूर्ण सरकारी कार्यालयहरु बन्दभएका छन् ।

बन्दको आह्वान सँगै बजार क्षेत्र बिहानै देखि सुनसानभएको छ । काँग्रेस कार्यकर्ताहरु बिहानै देखि बन्द सफलपार्नको लागि परिचालनभएका छन् । गतभदौ २० गते चौजहारीमाभएको काँग्रेसको नगर भेलाबाट फर्कदै गर्दा उहाँहरु माथी मेलैनाउलीभन्ने स्थानमा आक्रमण भएको थियो ।

नेपालीकाँग्रेसले नगर प्रमुखबिशालशर्माको प्रत्यक्षनिर्देशनमा आक्रमण गरिएको जनाएको छ । आक्रमण गरेर वाईसियलकाकार्यकर्ताहरु नगर प्रमुखको गाडिमा चढेर भागेको र नगर प्रमुखले अहिले उनीहरुको संरक्षण गरिरहेको भन्दै बिरोध भैरहेको छ ।

टिप्पणीहरू