लेखकहरु पनि एमसीसीविरुद्ध

लेखकहरु पनि एमसीसीविरुद्ध

एमसीसी परियोजना राष्ट्रघाती रहेकाले त्यसविरुद्ध उभिन सम्पूर्ण लेखक, साहित्यकार एवम् संस्कृतिकर्मीहरूलाई अखिल नेपाल लेखक संघले अपिल गरेको छ ।

एमसीसीलाई नेपालको संसदबाट पारित गराउन भएको त्यसका उच्च अधिकारीहरूको दौडधुपप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अमेरिकाले अन्तरदेशीय प्रसारण लाइनका क्षेत्रमा आर्थिक सहयोग गर्ने बहानामा दक्षिण एसियामा चीनको प्रभावलाई रोक्ने, नेपाललगायत दक्षिण एसियामा देखिएको कम्युनिष्ट क्रान्तिको सम्भावनालाई रोक्ने र नेपालमा अमेरिकी सैन्य अड्डा खडा गर्ने रहेको संघले उल्लेख गरेको छ ।

सरकारले नेपाली जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण गर्दै एमसीसीको बिरोध गर्नेहरूलाई निगरानी गर्ने र कारबाही गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिइएकोमा घोर निन्दा एवम् भत्र्सना गर्दै संघले त्यसविरुद्ध उभिन आह्वान गरेको हो ।

दार्चुलाका जयसिंह धामीको हत्यामा संलग्न भारतीय सुरक्षाकर्मीबिरुद्ध कारबाही प्रक्रिया अगाडि नबढेकाले भारत सरकारसँग पहल गर्न र तत्काल कारबाही गर्न समेत माग गरिएको छ । अनधिकृत रूपमा नेपाली भूमि र नेपाली सुरक्षाकर्मीमाथि हवाइ उडान गर्ने भारतीय साम्राज्यवादी नीतिको संघले घोर निन्दा एवम् भत्र्सना गरेको छ ।

साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपविरुद्ध सिर्जनात्मक र भौतिक रूपमा लामबद्ध हुन सम्पूर्ण माक्र्सवादी, देशभक्त, क्रान्तिकारी स्रष्टाहरूलाई लेखक संघले सबैमा आह्वान गरेको छ ।

टिप्पणीहरू