गाउँपालिका अध्यक्षसहित मकवानपुरका ९ जनप्रतिनिधि नेकपा (एस)मा थपिए

गाउँपालिका अध्यक्षसहित मकवानपुरका ९ जनप्रतिनिधि नेकपा (एस)मा थपिए

माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पक्षमा मकवानपुरका थप ९ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । इन्द्रसरोवर गाउँपालिका,बागमती गाउँपालिका,हेटौँडा उपमहानगरपालिकालगायत स्थानीय तहबाट गाउँपालिका वडाध्यक्ष,कार्यपालिका सदस्य तथा वडा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय हेटौँडा पुगेर नेकपा (एस) को पक्षमा सनाखत गर्नुभएको हो ।

सनाखत गर्नेमा नेकपा एमालेबाट इन्द्रसरोवर गाउँपालिकामा निर्वाचित जीवन लामा,इन्द्रसरोवर गाउँपालिका ५ का वडाध्यक्ष धनराज महर्जन, इन्द्रसरोवर गाउँपालिका कार्यपालिका सदस्यहरु दुर्गावती थोकर,मन्जु रुम्बा,हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक,थाहा नगरपालिका वडा नम्बर ११ का वडा सदस्य सुनिल लामा,बागमती गाउँपालिका वडा नम्बर ५ का सदस्य विष्णु तिमल्सिना,इन्द्र सरोवर गाउँपालिका ५ का वडा सदस्य कृष्णजीत लामा,इमान लो रहनु भएको छ ।

गाउँपालिका अध्यक्ष जीवन लामासहितको टोलीको सनाखतका लागि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश इन्चार्ज केदार न्यौपाने,केन्द्रीय सदस्य मुनु सिग्देल,जिल्ला अध्यक्ष श्रीधर पोखरेल,सभासद राजाराम स्याङ्तान,उपाध्यक्ष मीना लामा, सचिव बिष्णु दाहालसहितको टोली हेटौँडा ५ स्थित एमाले जिल्ला कार्यालय छेवैमा रहेको प्रदेश निर्वाचन कार्यालय पुग्नु भएको थियो ।

यसअघि नै २५ जना स्थानीय जनप्रतिनिधिले आफूहरु नेकपा एकीकृत समाजवादीमा रहेको भनी निर्वाचन कार्यालयमा सनाखत गरिसकेको र भोलिसम्ममा थप जनप्रतिनिधिहरुको पनि सनाखत हुने जिल्ला अध्यक्ष पोखरेलले बताउनुभयो ।

टिप्पणीहरू