मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

बाँके, रुपन्देही र मोरङमा गरि ३ जना आज मृत अवस्थामा फेला परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-२२ पुरैनी बस्ने ५० वर्षीय दुखी राम पासी आफ्नै घरबाट करिब ४ किमि टाढा रहेको आँपको बगैंचामा मृत अवस्थामा फेला परेका छन्।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका-५ हाटबजार डेरा गरी बस्ने भारत कानपुर घर भएका मन्जुर अहमदको कोठामा उनकै साथी ४५ वर्षीय अशोक कुमार गुप्ता मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिका-१३ पुरानो डिएभि स्कुल नजिक नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

टिप्पणीहरू