जताततै लागूऔषध ब्राउनसुगरको ओइरो

जताततै लागूऔषध ब्राउनसुगरको ओइरो

नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका ५ रझेना बस्ने २६ वर्षीय जनक थारु ब्राउनसुगरसहित पक्राउ परेको हुन्

। भारतबाट नेपालतर्फ आउँदै गरेका जनकलाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

चप्पलमा लुकाई राखेको अवस्थामा ब्राउनसुगर फेला परेको इलाका प्रहरी कार्यालय जमुनाहले जानकारी दिएको छ । थारुलाई थप कारबाहीको लागि ईलाका प्रहरी कार्यालय जमुनाह पठाइएको छ ।

जबर्जस्ती करणी अभियोगमा पक्राउ

मोरङ्गमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका ९ बस्ने ३३ वर्षीय आनन्द भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

भदौ १३ गते भण्डारीले ती महिलालाई सोही ठाउँस्थित सिंहदेवी सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेका हुन् । जबरजस्ती करणी गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले भण्डारी लाइ पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बेलबारी पठाइएको छ ।

टिप्पणीहरू