सिपाहीले मात्रै सक्छ सेफ फुटाउन ?

सिपाहीले मात्रै सक्छ सेफ फुटाउन ?

हाम्रो गण कालीप्रसाद (इञ्जिनियरिङ) भैंसे, हेटौंडामा तैनाथ छ । तीन वर्षअघि अवकाश पाएर ललितपुरको ढोलाहिटीमा भव्य बंगला बनाई बसेका विश्वनाथ घिमिरे १४ बाहिनीपति हुँदादेखिको कुरा हो । स्टाफ अधिकृत कर्णेल मुनाल बस्न्यात थिए ।

बाग्लुङको केटीले उनलाई ९/१० वर्षपछाडि छाडिदिए । बुर्तिबाङको सडक निर्माण हुँदा मुनालले करिब २२ लाख माथि बुझाए, बाँकी ७० लाखको गाडी चढेर ब्रह्मलुट गरे । फौज लिएर कंगो पनि गएकै हुन् । उक्त गणको कमाण्ड बुझाउने प्रमुख सेनानी पुरन घले र सेफसहित बुझ्ने प्रमुख सेनानी विवेक काफ्ले हुन् । क्वार्टर गार्डमा गणको हातहतियार, डिस्पोजल, गोलीगठ्ठासहित सेन्ट्रीको रातदिन ड्युटी हुन्छ । यो गणले ठूलो जिम्मेवारी बोकेको हुन्छ ।

जस्तै : सडक निर्माण, बेलिब्रिज, आपतकालीन दैवी प्रकोप, भुइँचालो, बाढीपहिरो, पुल, आईईडीडी, बमलगायत । त्यसबेला रकम राख्ने क्वार्टर गार्डको सेफको ताल्चा फुटाइयो र राति ड्युटी बसेको सिपाहीले ताल्चा फुटाएर भाग्यो भन्ने पारियो । सोही सेफबाट प्रमुख सुवेदार जंगबहादुर लामाले रु. २७ लाख निकाली बाँकी भित्र राखेर साँचो बन्द नगरी हिँडे ।

भोलिपल्ट बिहान करिब ८.३० बजे जंगबहादुर क्वार्टर गार्डमा गएर हेर्दा ताला खुला छ । सेफ फोरिएछ, पैसा रकम चोरी भयो भनेर सुवेदार मेजरले गणपति कर्णेल विवेक काफ्लेलाई भन्दा सर विश्वनाथ घिमिरेले सबै दर्जाका माथि सेनापतिसमक्ष रिपोर्ट गरौं भने । सुवेदार मेजरमा ३२/३३ वर्ष सेवा गरेको मान्छे जेल जान्छ । बुझ्ने, बुझाउने गणपति दुवैमाथि कारवाही हुन्छ ।

रिपोर्टमाथि नगरौं, सेफ फुटाई ड्युटीको सिपाही भागेछ भन्ने उल्टो रिपोर्ट बनाउने गरी कुरा मिलाए । १९ बाहिनी दाङमा समेत विश्वनाथ बेनी काण्डवाला राजु नेपालीको बेसिकका र थुकले पैसा टिप्ने जर्नेल हुन् । अंग्रेजजस्तै देखिन्छन् ।

त्यसपद्धि कर्णेल पुरन घलेको प्रमोशन भयो । रुन्चे कर्णेल विवेक काफ्लेको भीमफेदीमा पोष्टिङ भयो । विवेकका पिताजी सेनापति पूर्णचन्द्र थापाको गुरुजी भएको नाताले वैकुण्ठ काफ्ले कुलबहादुर खड्का र छत्रमानसिंह गुरुङको ७ बेसिकको छोरा बच्ने नै भए । स्टाफ कलेजतर्फको परीक्षामा वैकल्पिक लास्ट नाम थियो– पास भनेर प्रकाशित । हाल विवेक काफ्ले सैनिक सचिवतर्फ सरुवा दरबन्दीमा काम गरी बसेका छन् ।

सरुवा, प्रमोशन, कोर्श र काज खटाउने ठाउँमा निजलाई सरुवा गरेर पूर्णचन्द्र चिफ बिदा बस्नुभयो । चिफ साबको पारिवारिक पृष्ठभूमि भने पायोनियर हो । उपरथी अनन्तबहादुर कार्की र उपरथी प्रेम शाहीलाई महेश बस्नेतले भनसुन गरेको भरमा धेरै धनराशिको ठाउँमा पठाउनुभयो ।

टिप्पणीहरू