निजामति कर्मचारीलाई कोरोनाविरुद्धको खोप

निजामति कर्मचारीलाई कोरोनाविरुद्धको खोप

निजामति कर्मचारीहरुले सोमवार पनि कोरोनाविरुद्धको खोप लगाएका छन । निजामति सेवा दिवस २०७८ को अवसर पारेर निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाएका हुन ।

कर्मचारीहरुले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनुपर्ने दबाव दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उद्देश्य राखेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामति कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले जानकारी दिनु भयो ।

उहाँले पहिलो चरणमा विविध कारणले खोप लगाउन छुटेका राष्ट्रसेवकले सोमवार खोप लगाएको वताउनु भयो। कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो, ‘भ्याक्सिन लगाउनबाट वञ्चित भएका कर्मचारीहरुलाई उपत्यकामा सिंहदरवारमा र जिल्लाहरुमा पनि सिडिओ कार्यालय भ्याक्सिन उपलब्ध गराउने जानकारी दिनुभयो ।

भ्याक्सिन लगाउन शिहदरवार भित्रैका एक हजार कर्मचारी छुटेको पोखरेलले जानकारी दिनु भयो । कार्यवाहक अध्यक्ष पोखरेलले पहिलो डोज नलगाएका निजामति कर्मचारीलाई पहिलो र पहिलो लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकाहरुलाई पनि भ्याक्सिन उपलब्ध गराएको बताउनुभयो ।

कोरोनाविरुद्धको भ्याक्सिन लगाउन बाँकी रहेका सबै निजामति कर्मचारीहरुले काठमाडौंमा सिंहदरवार र बाहिरी जिल्लाहरुमा सिडिओ कार्यालबाट लगाउन सक्नेछन् ।

टिप्पणीहरू