ग्रीसले भीसा नदिने,इनामले स्वर्ण बटुल्ने

ग्रीसले भीसा नदिने,इनामले स्वर्ण बटुल्ने

विश्वमा जताततै कोरोना महामारी छ । तर खेलाडीहरु भने प्रतियोगितामा सहभागी भएर पदक जित्ने क्रम रोकिएको छैन । हालै जापानको राजधानी टोकियोमा भएको गृष्मकालीन ओलम्पिक र पाराओलम्पिकमा दशौं हजार खेलाडी सहभागी भए । सयौंले पदक हात पारे ।

यता पाकिस्तानका इनाम बटले भने विश्व समुद्र तटीय कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । कुस्तीका विभिन्न विधामध्ये समन्द्र तटीय पनि एक हो । इटालीमा भएको ९० केजी समूहको फाइनलमा युक्रेनका ओलेक्सी याकोभुकलाई ३–० ले पराजित गर्दै इनामले स्वर्ण जितेका हुन् ।

यसअघि क्वार्टरफाइनलमा उनले टर्कीका ओमर फारुक करादेनिजलाई २–१ ले हराएका थिए । सेमिफाइनलमा रोमानियाका ग्यार्प्लर मिहाई निकोले पलागियालाई ३–० ले पराजित गर्दै ओलेक्सीसँग फाइनल भिडेका हुन् ।

युक्रेनका ओलेक्सी याकोभुकले यसअघि त्यस्तै प्रतियोगितामा कास्य पदक जितेका थिए । इनामले यसअघि २०१७ र २०१८ मा पनि टर्कीमा आयोजित विश्व समुद्र तटीय कुस्तीमा स्वर्ण पदक जितेका थिए ।

सन् २०१९ मा दोहामा भएको विश्व समुद्र तटीय कुस्ती, २०१० मा भारतको राजधानी नयाँ दिल्लीमा भएको कमनवेल्थ राष्ट्रहरुको खेल २०१८ मा समेत स्वर्ण पदक जितेका थिए ।

अर्को साता ग्रीसमा आयोजना हुने समुद्र तटीय कुस्तीमा भने उनले भाग लिन नपाउने सम्भावना बढेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तान कुस्ती महासंघका एक जना अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, ‘ग्रीसले भीसा दिन अन्कनाएको छ ।’

टिप्पणीहरू