कमरेडले कर्मचारी फुटाउन लागेको भन्दै महासचिव क्रुध्द

कमरेडले कर्मचारी फुटाउन लागेको भन्दै महासचिव क्रुध्द

नेपाली पेशागत आन्दोलनको जेठो संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजनको मुखमा पुगेको छ । सो संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले आगामी असोज २ गते आफू पक्षधर कर्मचारीहरुलाई भेलामा डाकेपछि सो संगठन फुटको डिलमा पुगेको हो ।

केपी ओलीनिकट मानिएका केदारप्रसाद देवकोटाले गरेको यो आह्वानको महासचिव रेवन्त गौतमले विरोध गरेका छन् । उनले एक विज्ञप्ती जारी गर्दै भने-“तत्कालको महत्वपूर्ण बिषयलाई पन्छाएर कुन्ठित राजनीतिक अभिलाषाबाट प्रेरित भई ०७८ असोज २ मा केन्द्रीय कार्यसमिति र राष्ट्रिय भेला डाकिएको बिषयप्रति गम्भीर आपत्ति प्रकट गर्दछु ।”

जारी विज्ञप्तीमा भनिएको छ,संघीयतापछि महत्वपूर्ण मानिएको कर्मचारीको मूल कानुन संघीय निजामती सेवा ऐन तीन बर्षदेखि अलपत्र परेको,समायोजित कर्मचारीहरुको सेवा,शर्त र हितको बिषयमा बोल्नुपर्ने समयमा महत्वपूर्ण बिषयलाई पन्छाएर अनिर्णित र असान्दर्भिक एजेण्डा बोकी वैधानिक बाटोलाई बेवास्ता गरिएकोप्रति आपत्ति प्रकट गर्दछु ।

यो युवा संघ,अखिलजस्तो संगठन नभएको र माथि नेताहरु फुट्नेबित्तिकै पेशाकर्मीहरुको संगठन पनि फुट्नै पर्दछ भन्ने नभएको,लाखौं पेशाकर्मीहरुको छायाँ संगठनलाई जोगाउन र एकढिक्का बनाइराख्न उनले कर्मचारी,पेशाकर्मी,बुध्दिजीवीदेखि नेताहरु समक्षसमेत अपिल गरेका छन् । ​

संगठनको विधान अनुसार,सचिवालयको बैठक बसी एजेण्डा पास तथा तय गर्ने र सो एजेण्डासहित केन्द्रीय कार्यसमितिको बैठक अध्यक्षको सहमतिमा महासचिवले आह्वान गर्नुपर्ने भए पनि विधानलाई कुल्चँदै महासचिवलाई थाहै नदिई केन्द्रीय कमिटीको बैठक डाकिएको प्रति महासचिव गौतमले आपत्ति जनाएका छन् ।

यो यही संगठन हो,जो ०५४ सालमा एमाले फुटेर माले बनेको समयमा समेत एक ढिक्का रहेको थियो ।

अहिले पार्टी फुटको नाममा संगठन पनि फुटाउनु उचित कदम नहुने महासचिव गौतमको भनाई छ ।

उनले जनआस्थासँग भने,निजामती कर्मचारी संगठन विशुध्द पेशाकर्मीहरुको संगठन हो । यो युवा संघ,अखिलजस्तो संगठन नभएको र माथि नेताहरु फुट्नेबित्तिकै पेशाकर्मीहरुको संगठन पनि फुट्नै पर्दछ भन्ने नभएको,लाखौं पेशाकर्मीहरुको छायाँ संगठनलाई जोगाउन र एकढिक्का बनाइराख्न उनले कर्मचारी,पेशाकर्मी,बुध्दिजीवीदेखि नेताहरु समक्षसमेत अपिल गरेका छन् । ​

टिप्पणीहरू