उत्तर कोरियाको आफ्नै PCR

उत्तर कोरियाको आफ्नै PCR

उत्तर कोरिया संसारमा यस्तो एउटा देश हो जो बाहिरी दुनियाँबाट एकदम फरक र पृथक छ। धेरै कुरा यो देशको बारेमा बाहिर आउँदैनन् अझ भनौँ,बाहिरी सँसार यो देशको बारेमा जानकारी शून्यप्राय: छ।

कोरोनाको बारेमा पनि यो देश अरुभन्दा भिन्दै छ र अहिलेसम्म कोरोनाको नम्बर यहाँ शून्य देखिएको छ। कोरोनाको बारेमा संसारको डाटाबेस अपडेट गर्दै आएको जोन हप्किन्स डब्ल्युएचओको डाटाबेस वेबमा पनि यो रेकर्ड शून्य नै देखाइएको छ।

हालसालै एउटा समाचार आएको छ यो मुलुकको बारेमा कि उसले आफ्नो नागरिकको कोरोना परीक्षणको लागि आफैले एक अत्याधुनिक र विश्वस्तरीय PCR उपकरण विकसित गरेको छ र अन्दाजी ७०० जना स्वास्थ्यकर्मीहरुको परीक्षण अगस्तको पहिलो हफ्ता गरिएको छ ।

अघिल्लो बर्ष महामारीको शुरुवातदेखि नै यो मुलुकले अहिलेसम्म डब्ल्युएचओमा कोरोनाको एउटा पनि केस दर्ता गरेको छैन र जहिले पनि भन्दै आएको छ कि उत्तर कोरिया कोरोना भाइरसमुक्त देश हो। तर यो कुरामा दक्षिण कोरिया र अमेरिकाले अहिले पनि प्रश्न गर्दै आएका छन् ।

यसका अलावा उत्तर कोरिया जहिले पनि खोपको प्रभावकारितालाई लिएर चिन्तित रहेको छ र त्यसैले अहिलेसम्म देशमा खोप कार्यक्रम शुरु हुन सकेको छैन ।

यसैगरी उत्तर कोरियाले कोभ्याक्स कार्यक्रमअन्तर्गत पाएको २० लाख डोज अक्सफोर्ड अस्त्राजेनेका खोप,यसको सम्भावित रगत जम्ने जस्ता साइड इफेक्ट्सलाई ध्यानमा राख्दै अस्वीकार गरिदिएको थियो। खोपको लागि अरु कुनै विकल्प पनि खोज्दै गरेको र चाइनाले दिन खोजेको लाखौं डोज खोप लिन इच्छुक नरहेको बताइएको छ।

श्रोत: विभिन्न एजेन्सी

टिप्पणीहरू