​कसले चलायो श्रृष्टि मर्न खोजेको खबर

लफडाबाजहरूको चाल पनि कस्तो ! चलचित्रबाट गलहत्याइए निर्देशक र हल्ला चल्यो पूर्व मिस नेपालको आत्महत्याको प्रयासबारे । छायांकनरत लाहुरे चलचित्रमा यस्तो लफडा मच्चियो कि सो चलचित्रका निर्देशक निगम श्रेष्ठ गलहत्याइमा परेपछि सोमबार बिहानै नायिका तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले आत्महत्याको प्रयास गरेको हल्ला चल्यो । पत्याउन करै लाग्ने कारण के हो भने सृष्टि नर्भिक अस्पतालको बेड नं. ५०२ मा उपचाररत छिन् । 

जनआस्थाले सोमबार मध्याह्न उनका प्रेमी सौगात मल्ललाई फोन घुमायो । मल्लले ‘यस्ता हल्लाको पछाडि नलाग्न’ आग्रह गरे । कारण खुलाउँदै प्रस्ट्याए ‘पुल्चोकस्थित अपार्टमेन्टमा जन्मदिन मनाउँदै थिएँ । त्यहाँको कपवोर्ड खसेर दाहिने हातमा चोट लाग्यो । नायिका सृष्टि घाइते भएसँगै उनले आइतबार बिहानै निर्माता सुनील रावललाई सम्पर्क गरी सृष्टिको हात भाँचिएका कारण सुटिङ रोक्न आग्रह गरेका थिए ।

तर, सोमबार बिहानै भने सृष्टिले आत्महत्याको प्रयास गरेको खबर बाहिरियो । यसरी झुटा हल्ला फैलाउने को हुन् खुल्न आएको छैन । यही बीचमा निर्माता पक्षधरले भने नायिका श्रेष्ठको आत्महत्याको प्रयास गरेको हल्ला फैलाइरहेका छन् । दुर्गिश ब्यानरले निर्माण गरेको हो सो चलचित्र । स्रोतका अनुसार चलचित्रबाट निर्देशक निगम श्रेष्ठलाई हटाएपछि नायिका सृष्टिले फिल्म खेल्न अस्वीकार गर्दै आएकी थिइन् । तर, निर्माण पक्ष सृष्टिको कुरा सुन्न तयार भएन । फिल्मको लगभग छायांकन सकिन केही समय बाँकी रहँदा निर्माण कम्पनी दुर्गिश ब्यानरले निगमलाई निर्देशनको जिम्मेवारीबाट हटाएपछि सृष्टिले पनि फिल्म खेल्न अस्वीकार गर्दै आत्महत्याको नाटक गरेको चर्चा पनि छ । 

टिप्पणीहरू